Saturday 3rd October 2026

बाढीपीडित राहतका लागि किरात याक्थुङ चुम्लुङ कुवेतद्वारा रु १ लाख १ हजार १ सय ११ सहयोग


नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि किरात याक्थुङ चुम्लुङ प्रवास शाखा कुवेतले आर्थिक सहयोग प्रदान गरेको छ।

संस्थाले आफ्ना पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १,०१,१११ (एक लाख एक हजार एक सय एघार रुपैयाँ) जम्मा गरेको जनाएको छ।

संस्थाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बाढीपहिरोका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ। साथै विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइएको छ।

संस्थाका अध्यक्ष लिला भक्ता केङ्वाड का अनुसार विभिन्न पदाधिकारी, सदस्य तथा सहयोगीहरूको योगदानबाट कुवेती दिनार २०८.४३५ (KD) संकलन गरिएको थियो। उक्त रकम बैंकिङ प्रक्रियामार्फत नेपाली रुपैयाँमा रूपान्तरण गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको हो।

संकलित रकमको बैंक भौचरसमेत सार्वजनिक गर्दै संस्थाले विपद्को घडीमा सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गरेको छ। आगामी दिनहरूमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यहरूमा सक्रिय रहने प्रतिबद्धता संस्थाले जनाएको छ।

किरात याक्थुङ चुम्लुङ प्रवास शाखा कुवेत ले स्वदेश तथा विदेशमा रहेका नेपाली समुदायलाई आ-आफ्नो क्षमता अनुसार विपद् प्रभावित नागरिकहरूको सहयोगमा हातेमालो गर्न समेत आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...