Friday 21st August 2026

KD 3,000 नियम: घोषणा नगरे जरिवाना र कानुनी कारबाही हुन सक्छ


कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए अनिवार्य रूपमा भन्सारमा घोषणा गर्नुपर्ने नियमबारे कुवेतको General Administration of Customs ले पुनः सचेत गराएको छ। यो रकम विदेशी मुद्रामा त्यसको बराबर भए पनि नियम लागू हुन्छ।

यो नियम कुवेती नागरिक, प्रवासी कामदार र पर्यटक सबैलाई समान रूपमा लागू हुन्छ। रकम KD 3,000 पुगेको वा नाघेको अवस्थामा घोषणा गर्नुपर्छ।

📱 अब Sahel बाटै घोषणा गर्न सकिन्छ

कुवेत भन्सारले २०२६ फेब्रुअरीदेखि Sahel App मार्फत “Currency Declaration” सेवा पनि सुरु गरेको छ। यात्रुले कुवेत प्रवेश वा बाहिरिँदा आफ्नो साथमा रहेको KD 3,000 भन्दा बढी रकम वा विदेशी मुद्राको बराबर रकम इलेक्ट्रोनिक रूपमा घोषणा गर्न सक्छन्।

⚠️ घोषणा नगरे के हुन्छ ?

भन्सारले स्पष्ट रूपमा भनेको छ—निर्धारित रकम घोषणा नगर्नु Anti-Money Laundering Law No. 106/2013 अन्तर्गतको उल्लङ्घन हुन सक्छ र कानुनी कारबाही हुन सक्छ।

यसको अर्थ KD 3,000 भन्दा बढी पैसा बोकेर यात्रा गर्न नै प्रतिबन्ध लगाइएको होइन। मुख्य कुरा रकमको स्रोत र प्रयोजन खुलाएर घोषणा गर्नु हो। कुवेतमा यससम्बन्धी नियमले ठूलो रकम बोक्न रोक लगाएको नभई त्यसको पारदर्शी घोषणा मागेको हो।

उदाहरण: तपाईंसँग KD 3,500 छ भने—कुवेतबाट नेपाल जाँदा वा नेपालबाट कुवेत आउँदा—घोषणा गर्नुपर्छ। विदेशी मुद्रा बोकेको भए पनि त्यसको कुल मूल्य KD 3,000 वा बढी बराबर भए यही नियम लागू हुन्छ।

महत्त्वपूर्ण: “KD 3,000 भन्दा बढी बोक्न पाइँदैन” भन्ने होइन; KD 3,000 वा बढी भए घोषणा गर्नुपर्छ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...