Wednesday 21st October 2026

सिन्डिकेट विवादपछि एफडब्लूसीएमएसबाट बाहिरिँदै २५ नेपाली म्यानपावर


मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत २५ नेपाली म्यानपावर कम्पनीले आफ्नो नाम प्रणालीबाट हटाउने भएका छन्।

युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलपछि २५ वटै कम्पनीले सामूहिक रूपमा नाम फिर्ता लिन सहमति जनाएका हुन्। सीमित कम्पनीलाई मात्र मलेसियाली रोजगारदातासँग प्रत्यक्ष पहुँच दिइएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरूले विरोध गर्दै आएका थिए।

यसअघि एफडब्लूसीएमएसमा सूचीकृत २५ कम्पनीलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सदस्यताबाट निलम्बन गरेको थियो। विवादपछि ती कम्पनीहरूले पनि यस्तो व्यवस्था दीर्घकालीन रूपमा उपयुक्त नभएको निष्कर्ष निकाल्दै प्रणालीबाट बाहिरिने निर्णय गरेका छन्।

अब ती २५ कम्पनीले वैदेशिक रोजगार व्यवसायी संघमा समेत आफ्नो प्रतिबद्धता पेश गर्नुपर्ने भएको छ। साथै नेपाल र मलेसियाबीच श्रम आप्रवासनसम्बन्धी विषय आपसी संवाद र सहमतिबाट समाधान गर्नुपर्नेमा दुवै पक्षको जोड रहेको छ।

तस्बिर साभारः AI


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...