तीतोपाटी डटकम-प्रहरीले कल बाइपासमा संलग्न भएको आरोपमा नयाँ बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।प्रहरीले सोमबार राति नयाँ बानेश्वरको एक ठाउँबाट प्रहरीले चिनियाँ नागरिक पक्राउ गरेको हो। केही समययता कल बाइपास भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली त्यहाँ पुगेको थियो।पक्राउ परेका चिनियाँ नागरिकलाई महानगरीय प्रहरी वृत्त नयाँ…
तीतोपाटी डटकम-त्रिअवि अध्यागमन कार्यालयले विभिन्न देश हिँडेका ८ जना नेपालीलाई रोकेको छ। सोमबार दुबई , केन्या, कतार र कुवेत हिँडेका ८ जना नेपालीलाई ' शंकास्पद यात्रा' भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ। उनीहरुले कसैले पनि भिटिज भिसामा खाडी मुलुक जानुपर्ने उद्देश्य पुष्टि गर्न सकेनन्। फिर्ता हुनेमध्ये केहीले भारत…
तीतोपाटी डटकम-उच्च अदालत पाटनले बतास समूहले सञ्चालन गर्दै आएको पशुपति धर्मशालामा रोक लगाउने स्थिति नदेखिएको ठहर गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले बतास समूहलाई धर्मशाला सञ्चालनमा रोक लगाउने अवस्था नदेखिएको व्याख्या गरेको हो । ‘सम्झौता अनुसारको काम भए नभएको जाँचबुझ गर्न समिति गठन भएपनि सम्झौता…
काठमाडौं । परदेशमा लामो समय पसिना बगाएका सञ्चारकर्मी राजन नेपाल प्रस्तोता रहेको बुलन्द आवाज कार्यक्रम अब मुलधारमा आउने भएको छ। कार्यक्रमको प्रमोमा जय स्वाभिमान अभियानका परिकल्पनाकार प्रेम बानियाँले आवाज दिएका छन् । न्युज24मा फाल्गुन १४ गतेबाट प्रसारण हुने बुलन्द आवाज कार्यक्रम हरेक शनिवार साँझ ६ः३० बजे आउने छ । सामाजिक…
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एकसाता भित्रमा कारबाहिको दायरा भित्र (ठेगान लगाउने) ल्याउन लागेको बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस–२०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक साता भित्रमा देशलाई ठग्नेहरुका विरुद्धमा कडा कदम…
पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् । सडकमा बाक्लो असिना जमेको छ । पोखराका सडकहरुमा बाक्लो असिनाका कारण यातायात अवरुद्ध भएर ट्राफिक जाम भएको थियो…
नेपाल सरकारले सदन र सडकमा भएको विवाद र विरोधको बाबजुद एमसीसी सम्झाैता संसदमा टेबल गरेको छ । सत्तारुढ गठबन्धनबीच लामो छलफलपछि सरकारले एमसीसी सम्झौता संसद्मा अघि बढाएको हो । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सम्झौता संघीय संसद्मा प्रस्तुत भएपनि सत्ता गठबन्धनका घटकहरू नै…
सरकारले एमसीसी सम्झौता संसदबाट पारित गराउन टेबल गराएकोमा जबर्जस्ती अगाडि बढाउन खोजेको नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ । गठबन्धनको बैठकमा संसदमा एमसीसी अनुमोदन नगर्न स्पष्ट रुपमा भनेको र कार्यव्यवस्था परामर्श समितिमा पनि लिखित असहमति जनाएको भएपनि सरकारले जबर्जस्ती गरेकाे आरोप लगाएकोछ । विवाद र विरोधकाबीच एमसीसी संसदमा पेस भएको…
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अोलीले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने चेतावनी दिएका छन् । शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न जान चाहेको बताए । अध्यक्ष ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष…
सत्तारुढदल नेकपा एकीकृत समाजवादी स्थायी कमिटीको शनिबार बसेको बैठकले संसद सचिवालयमा दर्ता भएको एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा टेबल गर्न दिनुपर्ने निष्कर्ष निकालेको छ । उक्त बैठकमा एमसीसीलाई पास वा फेल जे भए पनि छलफलका लागि टेबल गर्न दिनुपर्ने निष्कर्ष निस्किएको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । तर …
![]()