Wednesday 2nd September 2026

कुवेतबाट माधव पाैडेलको अगुवाइमा सिन्धुपाल्चोकका बर्न पीडित बालकलाइ १ लाख बढि सहयोग


तीतोपाटी – कुवेतबाट माधव पाैडेलको अगुवाइमा सिन्धुपाल्चोकका बर्न पीडित बालकलाइ रू. १ लाख बढि सहयोग गरिएको छ । सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगर पालिका वडा नं ९ राम्चेका सहिद गंगा बहादुरको नाती रामचन्द्र सुवेदीको साढे ३ वर्षीय छोरा रिकेस सुवेदी तातोपानीबाट खुइलिएर काठमाण्डु स्थित किर्तिपुर बर्न अस्पतालमा उपचार गराइ राखिएकोमा बालकको स्वास्थ्य अवस्था गम्भिर रहेको र परिवारले उपचारमा लाग्ने खर्च व्यहोर्न नसक्ने अबस्था भइ सहयोगको याचना गरेपछि कुवेत स्थित गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य तथा सिन्धुपाल्चोक सेवा समाज कुवेतका सस्थापक एवं सरंक्षक माधब पौडेलको पहलमा विभिन्न संघ संस्थाका सार्वजनिक कार्यक्रममा समेत संकलन गरि सो रकम सहयोग गरिएको हो ।

अभियन्ता पाैडेलका अनुसार बिरामी बालकलाइ बचाउन सुरु गरिएको अभियानमा माउन्ट एभरेस्ट स्पोर्टिङ क्लब काठमाडौ कुवेतले आयोजना गरेको १९ अौ एभरेस्ट कप फुटबल प्रतियोगिता मा संकलन भएको ९४ केडि ५० फिल्स, चितवन सेवा समाज कुवेतको छैठौ बार्षिक उत्सब तथा तेस्रो अधिबेशनमा संकलन भएको ६४ केडि ७५० फिल्स तथा सहयोगी मनका धनी विभिन्न सहयोगदाता व्यक्ति व्यक्तित्वहरूबाट संकलिन ८४ केडि ७५० फिल्स गरि जम्मा २४३ केडि ५५० फिल्स जम्मा भएकोमा सो रकमबाट हुन अाउने नेपाली रूपैया १०३४४७।- अक्षेरूपी एक लाख तीन हजार चार सय सत्चालीस रूपैयाँ उर्मिला सुवेदीको प्रभु बैंकमा रहेको खातामा जम्मा गरिएको छ ।

अभियन्ता पाैडेलले सहिद परिवारका बिरामी बालकलाइ बचाउन संचालन गरेको यो अभियानमा सहभागी भइ सहगोग गर्ने सहयोगी दाताहरु प्रति हार्दिक धन्यवाद तथा बाबुको सु स्वास्थको कामना सहित सहयोग अभियान बन्द गरेको घोषणा गरेका छन् भने सहयोग संकलनमा साथ दिने माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब काठमाडौं-कुवेत, चितवन सेवा समाज कुवेत र सिन्धुपाल्चोक सेवा समाज युएई लाई बिशेष धन्यवाद व्यक्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू…

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

प्रतिकृयाहरू
...