Saturday 26th September 2026

गल्ती ढाक्न,स्थानीय शासनद्वारा बिष्णुलाई कानुनको प्रहार


तीतोपाटी- बलियो राज्यले जब नागरिकमाथि ज्यादती गर्छ।अनी त्यो राज्यको कानुन र सम्बन्धित निकायप्रति संका उत्पन्न हुने गर्दछ।

यस्तै भयो अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका,खाँचीकोटस्थित सुपादेउरालीमा, घटना एकदम सामान्य थियो। तर त्यहा अवस्थित राजनितिक पार्टीका केही कथित व्यक्तिद्वारा योजनाबद्द ढंगले फसाउन खोजिएको प्रष्ट देखीन्छ। एकजना नागरिकलाई फसाउन स्वतन्त्र नागरिक बाहेक सिंगो समाजनै लाग्यो भने केसम्म हुन्छ ? कानुन कार्यान्वयनको जिम्मेवारी पाएको प्रहरी र अभियोजन गर्ने सरकारी निकायनै बदनियत राखे भने कस्तो अवस्था आउँछ ? राज्य संयन्त्रको गैरजिम्मेवार व्यवहारका कारण निर्दोष नागरिकले भोग्नु परेको पीडा के बयान गर्नु र। सन्धिखर्क नगरपालीका ७ घर भई लामो समयदेखी भारतको महाराष्ट्रस्थित पुना भन्ने ठाउमा अध्यनरत- पिडीत विष्णु थापाले बिना कसुर सात दिन प्रहरी नियन्त्रमा रहनु परेको बताउदै उक्त षड्यंत्र कार्यमा ठुलो गिरोह परिचालित रहेको बताए। खाँचीकोटमा जन्मिएका थापा बाल्यकाल देखीनै पढ़ाईमा उत्कृष्ट रहदै आएका थिए । पढाइको भुत चढ़ेको थापालाई नत आर्थिक कारणले रोक्न सक्यो नत बिरोधी तत्त्वहरुलेनै, संघर्षकै मैदानबाट चार पटक विभिन्न बिधाबाट डिग्री हासिल गरेका थापा, अहिले चार्टड अकाउण्टेंसको अन्तिम तयारीमा जुटेका छन।

“घटनाको सुरुवात यसरी भएको छ”

गत चैत्र चार गतेका दिनमा अर्घाखाँची जिल्लाको, सन्धीखर्क नगरपालीका-७ मा अवस्थित देशकै प्रसिद्द धार्मिकस्थल मध्यको एक सुपादेउराली मन्दिर पर्दछ। उक्त मन्दिर परिसरमा स्थानीय दुई युवा व्यापारीद्वारा एक आपसमा सामान्य भनाभन भएको र हल्का हातपातको स्थिती सृजना उत्पन्न भएको थियो। सोही घटनालाई रोक्नका लागी बिष्णु थापाले एक सचेत नागरिकले निभाउनु पर्ने भूमिका निभाएको देखीन्छ। घटना सामान्य रहेता पनी बिगतको लामो समय देखी सोही क्षेत्रमा थापाले बेथिती, विसंगति बिरूद्द चर्को रूपमा आवाज उठाउदै आएका थिए।थापाको उक्त आवाजलाई बारम्बार दबाउन खोजिएको पनी हो तर अनेकन प्रयास असफल साबित भएपछी अन्तिम अस्त्र प्रयोग गरेको पाइन्छ। तथापी उक्त प्रयास पनी असफलनै रहो। सामान्य विवादमा पक्रीएका थापाले आफ्ना विरोधीहरुले आफूलाई नियोजित ढंगले फसाउन र आगामी यात्रालाई पुर्णविराम दिन खोजीएको बताएका छन। घटनालाई बुझ्दै जाने क्रममा सार्वजनिक मुद्दा हाल्ने विषयमा समितीभित्र कुनै किसिमको छलफलनै नगरी सुपादेउराली मन्दिर समितिका अध्यक्ष समेत रहेका फर्स बहादुर केसी र उनी संग निकट केही सीमित व्यक्तिद्वारा मनमानी ढंगले उक्त निर्णय गरिएको समितिका सदस्यहरुले बताएका छन। आफुले गाउ अनी समाजभित्रको अनिमीयतताको बारेमा खुलेर विरोध गर्ने गरेकोले आफुप्रति मन्दिर समितीका नेतृत्वकर्ताहरुले जालसाझी गरी आफुमाथी झुठो आरोप लगाएर फसाउने षड्यंत्र रचेको पिडीत थापाले बताएका छन। इलाका प्रहरी कार्यलय ठाडामा थापा, सात दिनको प्रहरी हिरासतमा रहदा प्रहरीद्वारा त्यस्तो कुनै पनी किसिमको अपमानजनक व्यबाहार नभएको बताउदै प्रहरी प्रशासनप्रति धन्यवाद व्यक्त गरेका छन। थापा अतिअवस्यक कामले गर्दा केही दिनको लागी नेपाल आएका हुन भने पुन अब छिट्टै भारत फर्किए लागत्तै अन्तिम परीक्षाको तयारी थाल्ने बताए।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...