Friday 23rd October 2026

नेपालको जनसंख्या अझै पनि ३ करोड भन्दा कम


नेपाल सरकारकत्र केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना-२०७८को तथ्याङ्क सार्वजनिक गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय जनगणना २०७८–नतिजा सार्वजनिक कार्यक्रम’मा नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजा सार्वजनिक गरेका हुन् । पछिल्लो तथ्याङ्क अनुसार सन् २०२१ को नोभेम्बर २५ तारिखसम्ममा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ।

एक दशकअघि नेपालको जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत रहेकामा हाल त्यो ०.९२ प्रतिशतमा झरेको पछिल्लो जनगणनाले देखाएको छ।

पुरुषहरूको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् कुल जनसङ्ख्याको ४८.९८ प्रतिशत छ भने महिलाहरूको सङ्ख्या ५१.०२ प्रतिशत (एक करोड ४९ लाख ११ हजार ०२७) छ।

२०७८ को जनगणनाअनुसार सबैभन्दा बढी जनसंख्या वाग्मती प्रदेशमा रहेको छ । वाग्मती प्रदेशमा कुल जनसंख्याको २०.९७ प्रतिशत अर्थात ६१ लाख २० हजार जनसंख्या रहेको छ । त्यसपछि मधेश प्रदेशमा ६१ लाख १० हजार जनसंख्या रहेको छ । सबैभन्दा कम जनसंख्या भएको प्रदेश भने कर्णाली हो । कर्णालीमा कुल जनसंख्याको ५.७९ प्रतिशत जनसंख्या रहेको छ ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो ।


सम्बन्धित शीर्षकहरु

तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।…

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार…

जलवायु परिवर्तनका कारण हुने हानि–नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) ले नेपाललाई २० मिलियन अमेरिकी…

प्रतिकृयाहरू
...