जय आले, १३ सेप्टेम्बर २०२६, कुवेत - कुवेतमा पुर्वेली टाईगर फुटबल क्लव कुवेतको आयोजनामा आगामी २० नोभेम्बर २०२६, शुक्रबार “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर–नेपाली फुटबल टुर्नामेन्ट २०२६” आयोजना हुने भएको छ। लामो समयदेखि कुवेतमा फुटबल प्रतियोगिता आयोजना नभएको अवस्थामा क्लवले यसपटक गोल्ड कप आयोजना गर्ने निर्णय गरेको हो। जसबाट…
कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। मन्त्रालयका अनुसार ती व्यक्तिले सेनाको सुरक्षा तथा प्रतिरक्षासम्बन्धी गतिविधिको भिडियो खिचेर सार्वजनिक गरेका थिए। मन्त्रालयका अनुसार उनले गाडी चलाउँदै मोबाइल फोन प्रयोग गरेर भिडियो खिचेका…
खोटाङ–कुवेत सम्पर्क मञ्चले नेपालका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ। मञ्चका अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा कुवेतको साल्मियास्थित एसियन चुला नेपाली रेष्टुरेन्टमा सम्पन्न मासिक बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय सर्वसम्मत रूपमा पारित…
खोटाङ-कुवेत सम्पर्क मञ्चको सातौं अधिवेशन आगामी २५ सेप्टेम्बर २०२६ (शुक्रबार) राजधानी होटल, खैतानमा आयोजना हुने भएको छ। अधिवेशन सम्पन्न गर्न आवश्यक अन्तिम तयारी पूरा भएको मञ्चले जनाएको छ। मञ्चद्वारा जारी सूचनाअनुसार कार्यक्रमको सुरुवात गत भदौ १० गते भेटिकोशिको बाह्रबीसेमा ज्यान गुमाएका दिवंगतहरूको सम्झनामा दीप प्रज्वलन तथा एक मिनेट मौनधारण गरेर…
कुवेतमा क्रियाशील सामाजिक संस्था रुपन्देही सेवा समाज कुवेतले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा आर्थिक सहयोग प्रदान गरेको छ। गत भदाै १० गते नेपालको रसुवा, नुवाकोट र धादिङ जिल्लालाइ प्रभावित गर्ने गरि भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगार्थ समाजले झण्डै एकासी हजारको हाराहारीमा आर्थिक…
कुवेत स्थित मेचिकाली समुह कुवेतबाट नेपालस्थित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा आर्थिक सहयोग पठाएको छ। Al Muzaini Exchange मार्फत गरिएको रकम स्थानान्तरण अनुसार नेपाली रुपैयाँ ५०,१०३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा पठाइएको रसिदमा उल्लेख छ। उक्त रकम पठाउन संस्थाको अक्षयकोषबाट कुवेती दिनार १०१.६२५ KWD खर्च गरिएको हो।…
कुवेतमा रहेका नेपालीहरूको संस्था बिश्वकर्मा एकता समाज नेपाल कुवेतको पहलमा नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग पठाइएको छ। प्राप्त विवरणअनुसार, कुवेतको फरवानिया शाखामार्फत ११ सेप्टेम्बर २०२६ मा १०५ कुवेती दिनार (KWD) बराबर नेपाली रुपैयाँ ५१ हजार ७६६ पठाइएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime…
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष स्मृति सभा आयोजना गरेको छ। कुवेतस्थित नेपाली समुदायको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गरी बाढीमा ज्यान…
वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला गरेको छ। खुला गरिएको कोटामध्ये १,१३२ महिला र ३३२ पुरुष रहेका छन्। छनोट भएका कामदारले मासिक ५,८८१ इजरायली मुद्रा (एनआईएस) न्यूनतम तलब पाउनेछन्। आवेदन दिन इच्छुक व्यक्ति २५ देखि ४५…
रसुवा जिल्लाको भोटेकोशीदेखि त्रिशूली नदीसम्म भदौ १० गते आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि नेपाल तामाङ घेदुङ कुवेतले रु. ५ लाख ५५ हजार ५६१ आर्थिक सहयोग प्रदान गरेको छ। प्राकृतिक विपत्तिबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घेदुङ कुवेतले मृतकहरूप्रति…
![]()