Tuesday 5th December 2023

राष्ट्रपति पौडेलद्वारा एनआरएनएको अधिवेशन सोल्टीमा उद्घाटन


राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ अधिवेशनको उद्घाटन गरेका छन् ।
मंगलबार काठमडौंको सोल्टी होटलमा पौडेलले अधिवेशनको उद्घाटन गरेका हुन् । नयाँ नेतृत्व चयनसहित अधिवेशन ४ दिनसम्म चल्नेछ ।

सन् २००३ अक्टुबरमा स्थापना भएको एनआरएनए विश्वका ८७ देशमा विस्तार भैसकेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा हाँसिल गरेको ज्ञान, सिप र लगानी नेपालको विकासमा महत्त्वपूर्ण हुने बताएका छन् ।

साउदले एनआरएनएहरू विदेशी नियोगसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन, पर्यटक भित्र्याउन, नेपाली वस्तु विदेशमा निर्यात गर्न र नेपालको गौरवगाथा विश्वभर फैलाउन सक्ने बताएका छन् ।

अधिवेशनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी हुँदै छन् । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वकालागि ४ जनाको उम्मेदवारी परेको छ ।
संघको निर्वाचन समितिका अनुसार अध्यक्षमा महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा, रविना थापा र डा.बद्री केसीले उम्मेदवारी दर्ता गरेका छन् ।

अधिवेशनसँगै एनआरएनएको तेस्रो ज्ञान सम्मेलन पनि हुँदै छ । अधिवेशनको शुक्रबार हुने समापन कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम छ ।


सम्बन्धित शीर्षकहरु

भारतको भाजपाले राष्ट्रिय चुनाव अघि चार मध्ये तीन राज्यको चुनाव जितेको छ, हिन्दू राष्ट्रवादी पार्टीले छत्तीसगढ र राजस्थानमा कांग्रेसबाट नियन्त्रण…

नारायण कोइराला - साहित्यकार पुष्कर अथक रेग्मी कविरत्न माधव प्रसाद देवकोटा साहित्य पुरस्कारद्वारा सम्मानित भएका छन् । नवजागृति पुस्तकालय बुटवलद्वारा…

सुन्दा नै अचम्म लाग्ने घटना युगाण्डामा भएको छ । एउटा होईन दुई वटा बच्चा त्यो पनि ७० बर्षको उमेरमा जन्मिनु…

प्रतिकृयाहरू
...