Tuesday 6th October 2026

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने


नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ ।

महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ स्थापना दिवसलाई सामाजिक उत्तरदायित्व र पत्रकारिताको सम्मानसँग जोड्दै आगामी ७ अगष्टमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो जसले नेपाली समुदायमा मानवीय सहयोग र सामाजिक चेतना फैलाउने उद्देश्य राखेको छ।

गत वर्ष सम्पन्न श्रमिक सचेतना कार्यक्रम जस्तै यसपटक पनि शाखाले समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउने गतिविधि रोजेको छ। स्थापना कालदेखि नै विभिन्न आरोह-अवरोह पार गर्दै कुवेतमा नेपाली पत्रकारिताको दह्रो पहिचान बनाउन सफल यस शाखाले निरन्तर सामाजिक योगदानलाई प्राथमिकता दिँदै आएको छ।

यस अवसरमा ‘स्वर्गीय माधव शाही स्मृति पत्रकारिता पुरस्कार’ पनि वितरण गरिनेछ। यो पत्रकारिता पुरस्कार हरेक वर्ष स्थापना दिवसमा सक्रिय तथा परोपकारी पत्रकारलाई सम्मानस्वरूप प्रदान गरिँदै आएको छ। यसले पत्रकारिताको गरिमा बढाउनुका साथै समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

आयोजकले कुवेतमा क्रियाशील सम्पूर्ण संघ-संस्था, बुद्धिजीवी, व्यवसायी तथा आम नेपाली समुदायलाई यस परोपकारी कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रमको विवरण:
मिति: ७ अगस्ट २०२६

स्थान: सेन्ट्रल ब्लड बैंक, जाब्रिया (Central Blood Bank, Jabriya)

समय: दिउँसो १:३० देखि अपराह्न ४:३० बजेसम्म

आयोजक: नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत
सम्पर्क :-
राज मल्ल 99853258
चन्द्र गोतामे 67766127
दिपेन्द्र निरौला 50120638
आकाश शेर्पा 41134483


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...