Thursday 24th September 2026

मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक


मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक भएको छ । पुस्तकमा शिक्षासँग सम्बन्धित अनुभव, स्मृति र सामाजिक यथार्थलाई समेटिएको छ ।
‘मेरो स्कुल’ मा विभिन्न व्यक्तिका विद्यालय जीवनका अनुभव, शिक्षाको महत्व, शिक्षक–विद्यार्थी सम्बन्ध र समाजमा शिक्षाले पार्ने प्रभावलाई सरल र भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ।
पुस्तक सार्वजनिक भएसँगै साहित्यप्रेमी तथा पाठकहरूले खड्काको प्रयासको प्रशंसा गरेका छन् । नयाँ पुस्ताका लागि प्रेरणादायी सन्देश बोकेको यस कृतिले विशेषगरी विद्यार्थी र अभिभावकहरूलाई आकर्षित गर्ने विश्वास गरिएको खड्काको भनाइ छ ।
लेखिका खड्काले आगामी दिनमा पनि यस्तै समाजमुखी कृतिहरू ल्याउने बताएकी छन् । उनका अनुसार लेखन केवल अभिव्यक्तिको माध्यम मात्र नभई समाज परिवर्तनको एउटा महत्वपूर्ण साधन पनि हो ।
‘मेरो स्कुल’ अब पाठकहरूका लागि बजारमा उपलब्ध भइसकेको छ ।
पत्रकारिता पृष्ठभूमिकी खड्का हाल अमेरिकामा बसोबास गर्दै अध्ययनसँगै लेखन क्षेत्रमा सक्रिय छिन् । उनको स्थायी घर सल्यान हो ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...