Thursday 2nd July 2026

श्रमिक दिवसको अवसरमा जन-जागृतिले विपन्न परिवारका श्रमिकलाइ ५० हजार सहायता गर्यो


जन-जागृति युवा समाज कुवेतले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)को अवसरमा मृगौला पीडित एक श्रमिकलाई नेपाली रूपैयाँ ५० हजारभन्दा बढी सहयोग गरेको छ।

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका दोलखाका एक विपन्न परिवारका युवा छोटो समयमै दुबै मृगौला अस्वस्थ भई स्वदेश फर्केका थिए। उनको उपचार सहयोगार्थ उक्त सहयोग गरिएको जन-जागृति युवा समाज कुवेतका अध्यक्ष रामबहादुर योन्जन तामाङले मिडियासँग जानकारी दिए।

संस्थाका संरक्षक टिकाराम आचार्यका अनुसार, दोलखा जिल्ला भिमेश्वर नगरपालिका–२ फुलपामा स्थायी घर भएका ३६ वर्षीय तिलकबहादुर थामीलाई दुबै मृगौला प्रत्यारोपण गर्नुपर्ने जटिल अवस्था देखिएको र उपचार अत्यन्त खर्चिलो हुने भएकाले पीडितका आफन्तले संस्थालाई आवश्यक कागजातसहित जानकारी गराएका थिए। त्यसपछि संस्थाले राहत कोष तथा पदाधिकारीहरूबाट संकलित रकम केडी १०१.२५० फिल्स (आजको सटही दर अनुसार करिब नेपाली रूपैयाँ ५०,०००) हस्तान्तरण गरेको हो।

पीडितको कमजोर आर्थिक अवस्था र उपचारमा ठूलो धनराशी खर्च हुने भएकाले अन्य सहयोगी मन भएका प्रवासी नेपालीहरूलाई पनि सहयोग गर्न आग्रह गरिएको छ।

यसअघि मिडियामार्फत पीडितको अवस्थाबारे समाचार सार्वजनिक भएपछि संस्थाले संस्थाको राहत कोष मार्फत तथा सदस्यहरूबीच संकलित रकम सहयोग गरेको हो। स्थापना कालदेखि नै जन-जागृति युवा समाज कुवेतले जनचेतना, राहत उद्धार तथा मानविय सेवाका कार्य गर्दै आएको छ। संस्थाले घरदेश तथा परदेशमा वार्षिक रूपमा लाखौं रुपैयाँ सहयोग गर्दै आएको छ।


सम्बन्धित शीर्षकहरु

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा तैनाथ इजरायली सैनिकहरूको भ्रमणका क्रममा इजरायल र लेबनानले एकअर्कालाई सार्वभौम राष्ट्रका रूपमा स्वीकार गरेको…

जर्मनीको उत्तरी शहर स्टाडेमा रहेको हेरचाह केन्द्रमा सोमबार भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका…

प्रतिकृयाहरू
...