Sunday 1st November 2026

श्रमिक दिवसको अवसरमा जन-जागृतिले विपन्न परिवारका श्रमिकलाइ ५० हजार सहायता गर्यो


जन-जागृति युवा समाज कुवेतले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)को अवसरमा मृगौला पीडित एक श्रमिकलाई नेपाली रूपैयाँ ५० हजारभन्दा बढी सहयोग गरेको छ।

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका दोलखाका एक विपन्न परिवारका युवा छोटो समयमै दुबै मृगौला अस्वस्थ भई स्वदेश फर्केका थिए। उनको उपचार सहयोगार्थ उक्त सहयोग गरिएको जन-जागृति युवा समाज कुवेतका अध्यक्ष रामबहादुर योन्जन तामाङले मिडियासँग जानकारी दिए।

संस्थाका संरक्षक टिकाराम आचार्यका अनुसार, दोलखा जिल्ला भिमेश्वर नगरपालिका–२ फुलपामा स्थायी घर भएका ३६ वर्षीय तिलकबहादुर थामीलाई दुबै मृगौला प्रत्यारोपण गर्नुपर्ने जटिल अवस्था देखिएको र उपचार अत्यन्त खर्चिलो हुने भएकाले पीडितका आफन्तले संस्थालाई आवश्यक कागजातसहित जानकारी गराएका थिए। त्यसपछि संस्थाले राहत कोष तथा पदाधिकारीहरूबाट संकलित रकम केडी १०१.२५० फिल्स (आजको सटही दर अनुसार करिब नेपाली रूपैयाँ ५०,०००) हस्तान्तरण गरेको हो।

पीडितको कमजोर आर्थिक अवस्था र उपचारमा ठूलो धनराशी खर्च हुने भएकाले अन्य सहयोगी मन भएका प्रवासी नेपालीहरूलाई पनि सहयोग गर्न आग्रह गरिएको छ।

यसअघि मिडियामार्फत पीडितको अवस्थाबारे समाचार सार्वजनिक भएपछि संस्थाले संस्थाको राहत कोष मार्फत तथा सदस्यहरूबीच संकलित रकम सहयोग गरेको हो। स्थापना कालदेखि नै जन-जागृति युवा समाज कुवेतले जनचेतना, राहत उद्धार तथा मानविय सेवाका कार्य गर्दै आएको छ। संस्थाले घरदेश तथा परदेशमा वार्षिक रूपमा लाखौं रुपैयाँ सहयोग गर्दै आएको छ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...