Tuesday 6th October 2026

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पीडितलाई रू. ९४ हजार भन्दा बढि सहयोग


खोटाङ कुवेत सम्पर्क मञ्चले नेपालका पक्षघात पीडितलाई नेपाली रूपैयाँ ९४ हजार भन्दा बढि आर्थिक सहयोग गरेको छ । समाजले खोटाङको बराहापोखरी गाउँपालिका-१ निवासी ७२ वर्षीय बुवा प्रेमबहादुर मगरको उपचार सहयोगार्थ सो सहायता उपलब्ध गराएको जनाएको छ ।

विगत ३ महिनादेखि पक्षघातका कारण ओछ्यान परेका थापा उच्च रक्तचापले पक्षघात हुन गइ दायाँ हातखुट्टा चल्दैनन् । चिकित्सकको भनाइ अनुसार दायाभागको टाउकोको नसासमेत सुकिसकेको र लामो उपचारका क्रममा उहाँको आर्थिक अवस्था कमजोर बनेको थियो। आफ्नो आयस्रोत र जायजेथा सकिएपछि पालिकाले पनि सहयोगको लागि सिफारिश गरेको थियो।

घरपरिवारबाट सहयोगको याचना भएपछि गत २०८३ वैशाख २५ गते (०८-०५-२०२६) शुक्रबारका दिन कुवेतको साल्मिया स्थित एसियन चुलो नेपाली रेस्टुरेन्टमा समाजका अध्यक्ष विष्णुप्रसाद भट्टराईको सभाध्यक्षतामा बसेको २४औं मासिक बैठकले सर्वसम्मत रुपमा उहाँलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरी उक्त रकम उहाँकी छोरी शान्तिकला मगर (बिष्ट) लाइ हस्तान्तरण गरेको हो ।

भौतिक शरीर टाढा परदेशमा भएपनि खोटाङ्गेको मन खोटाङमै छ भन्दै संस्थाको तर्फबाट निज पक्षघात पीडित प्रेमबहादुरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै थप उपचारको लागि भारत लैजानु पर्ने भएकोले इच्छुक दानवीर सहयोगी मनका धनी दाताहरूलाइ सहयोगको लागि अपिल गरेको छ ।

स्मरण रहोस खोटाङ कुवेत सम्पर्क मञ्चले यस अघि पनि विभिन्न किसिमका पिडितलाइ सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा पनि सकेको सहयोग गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ ।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...