Friday 16th October 2026

कुवेत एयरवेज र जजिरा बाहेक कुनै पनि अन्य एयरको टिकट बुक गर्दै हुनुहुन्छ ? नगर्नुस


कुवेतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट आधिकारिक अनुमति नपाएका एयरलाइन्सहरूसँग टिकट बुकिङ वा आरक्षण नगर्न यात्रुहरूलाई चेतावनी दिएको छ।

DGCA का प्रवक्ता अब्दुल्लाह अल-राज्हीका अनुसार हाल केवल Kuwait Airways र Jazeera Airways लाई मात्र कुवेत विमानस्थलबाट उडान सञ्चालनको आधिकारिक अनुमति प्राप्त छ। अन्य एयरलाइन्सहरूले अझै सञ्चालन स्वीकृति नपाएको DGCA ले जनाएको छ।

DGCA ले यात्रुहरूलाई सामाजिक सञ्जाल वा अनधिकृत ट्राभल एजेन्टको सूचनामा भर नपर्न आग्रह गर्दै आधिकारिक स्रोतबाट मात्र जानकारी लिन अनुरोध गरेको छ। यदि कसैले अनुमति नपाएका एयरलाइन्ससँग पहिले नै टिकट बुक गरिसकेको भए, उनीहरूले Sahel App मार्फत उजुरी दर्ता गर्न सक्ने बताइएको छ।

यो चेतावनी क्षेत्रीय सुरक्षा अवस्था र कुवेत विमानस्थल सञ्चालनसम्बन्धी अनिश्चितताका बीच जारी गरिएको हो। DGCA ले यात्रुहरूको अधिकार संरक्षण तथा हवाई यातायात व्यवस्थापनलाई व्यवस्थित राख्न यस्तो कदम चालिएको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...