Thursday 24th September 2026

पोखरामा दुईदिने अभिमुखीकरण सम्पन्न, सामाजिक नेतृत्व र युवा सशक्तिकरणमा जोड


सुशिल बस्याल “राष्ट्रप्रेमी” कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ । देशका विभिन्न जिल्लाबाट विभिन्न गैरसरकारी संस्थाका करिब ३५ जना प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो । सामाजिक नेतृत्व, संस्थागत सुदृढीकरण, समुदायसँगको सहकार्य तथा युवाको सक्रिय भूमिकालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

तालिममा नेतृत्व विकास, प्रभावकारी सञ्चार, सामाजिक अभियान सञ्चालन, संस्थागत क्षमता अभिवृद्धि तथा समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्ने विषयमा सहजीकरण गरिएको थियो । सहभागीहरूले आफ्ना जिल्लामा भइरहेका सामाजिक अभ्यास, चुनौती तथा सम्भावनाबारे अनुभव आदानप्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख सञ्चालन अधिकृत जयेन्द्र रिमालले व्यवहारिक नेतृत्व बिना समाज परिवर्तन सम्भव नहुने बताउनुभयो । उहाँले समुदायको आवश्यकता बुझेर जिम्मेवार ढंगले काम गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

वरिष्ठ कार्यक्रम प्रबन्धक प्रभाकर प्रधानले गैरसरकारी संस्थाहरूले पारदर्शिता, उत्तरदायित्व र दीर्घकालीन प्रभावलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रम प्रबन्धक प्रज्ञा घिमिरेले नेतृत्व विकासलाई निरन्तर सिकाइ र आत्मविश्वासको प्रक्रिया भएको उल्लेख गर्नुभयो ।

समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका माननीय मन्त्री गोबिन्द बहादुर नेपालीले यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तनको आधार तयार गर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी सुशि बस्याल ‘राष्ट्रप्रेमी’ ले तालिमलाई अत्यन्त उपयोगी, ज्ञानवर्द्धक र प्रेरणादायी भएको उल्लेख गर्नुभयो । उहाँले प्राप्त ज्ञानलाई आफ्नो समुदायमा प्रयोग गर्दै सामाजिक परिवर्तनमा योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने संकल्प व्यक्त गरेका थिए । आयोजक संस्था लिडरसिप एकेडेमी नेपाल लामो समयदेखि सामाजिक तथा नेतृत्व विकासका क्षेत्रमा सक्रिय रूपमा कार्य गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...