Thursday 25th April 2024

अरबको रुखमा पैसा फल्छ भन्ने आसले जब युवाहरू खाडी बेचिए।


बसन्त थापा

तीतोपाटी/प्रवास- उज्यालो भविष्यको सपना बोकेर नेपालबाट ठूलो संख्यामा युवाहरु मजदुरीका लागि खाडी मुलुकमा आउने क्रम बढ्दो छ। लाखौको संख्यामा रहेका कामदारहरु मध्य कैयन युवाहरु भने लगभग अमानवीय अवस्थामा बाँच्न बाध्य छन। पछील्लो समयमा त झन बिदेशीनेको संख्यामा निकै वृद्धि देखिएको छ। धेरै युवाहरु दलालहरुको चपेटामा परेर सपना मात्र गुमाएका छैनन बाध्यताको चंगुलमा सिंगो जिन्दगीनै समाप्त पारेका छन। कुवेत, दुबई, ओमान वा कतार, र अन्य खाड़ी मुलुकहरुमा रूखमा पैसा फल्छ भन्ने महसुस गर्ने धेरै छन सोही विचारका साथ सत्यतथ्य नबुझी आफुहरुले पनी यहाँ गएर टिप्न मिल्ने जस्तो गरी आएको देखीन्छ।तर सत्य यो हो कि थोरै पैसा कमाउन जब घरबाहिर निस्केएको भइन्छ अनी कडा दु:खको सामना गर्नु पर्ने हामीहरुको बाध्यता बन्छ ।

अरब देशहरूमा काम गर्ने हजारौं नेपालीहरुको कथा डरलाग्दो छ। यो कथा यस कारणले पनी पीडादायी रहर नभई बाध्यताले बनीरहेको छ।जब सरकारले युवा बेच्ने नीति सुरू गर्यों धेरैजसो गरिब पिडित जनता आफ्नो सरसम्पति-धितो राखेर खाडी आउन बाध्य भए।

सुनौलो भविष्यको सपना देखाएर जब युवाहरू खाडी बेचिए, अनी यस्तो अवस्थामा सरकारमाथी प्रश्न उठ्ने गर्दछ। के युवाहरुले देख्ने सपना भ्रम हो?

धेरै वर्षदेखि कुवेतमा काम गर्ने एक नेपाली भन्छन्, नेपालबाट यहाँ पैसाको रुख छ भन्ने सोचेर केही सत्यतथ्य नबुझी युवाहरु आउँछन्, तर त्यस्तो होइन। यहाँ आउने मानिसहरू अलि व्यावसायिक हुनुपर्छ। यहाँ बहाना चल्दैन, आठ घण्टाको सिफ्ट भयो भने आठ घण्टा काम गर्नुपर्छ । यहाँको मौसम पनि फरक छ ।

गर्मीमा यहाँको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्छ। यस्तो मौसममा पनि मजदुरले काम गर्नुपर्छ । यहाँ आउनेहरूले सोच्नुपर्छ कि हामी त्यहाँ काम गरेर पैसा कमाउने छौं। यहाँ कार्यरत नेपाली नागरिक होस या त अन्य देशको नागरिक उनीहरुमाथी यहाँ त्यस्तो कुनै उचित व्यवहार गरीदैन कम्पनीबाट धेरैको पासपोर्ट खोसेर तलब पनि रोकीदिने, अनावश्यक यातना दिने लगायत विभिन्न किसीमका समस्या देखिएका छन।

कुवेतमा अहिले पनी ६० हजार भन्दा धेरैको संख्यामा नेपाली कामदारहरु रहेका छन। र पुरै मध्यपूर्वका देशहरु सहित हेर्नेहो भने लाखौ युवाहरू कार्यरत छन।उक्त लाखौ युवाहरु मध्य वर्षौ पिच्छे सयौ नेपालीको अन्यासी मृत्यु हुने गर्दछ।

यी खाडी देशहरूमा रहेका नेपाली दूतावासबाट प्राप्त जानकारी अनुसार यीमध्ये अधिकांशको मृत्यु प्राकृतिक कारण वा सवारी दुर्घटनाका कारण भएको देखीन्छ ।

सेवा सुविधा सम्पन्न उक्त देशहरुमा अहिले पनी कम तलबमा नेपालीहरु आएको देखीन्छ। कम तलबमा आउनेहरु- घर निर्माण मजदुर, वेल्डर, रेष्टूरेण्ट वेटर, सफाईकर्मी र चालकहरू पेसामा संलग्न छन। अहिले पनी यी काममा आवद्ध श्रमिकहरुलाई यहाँका मानिसले साना ठानेका हुन्छन सोही कारण खाडी मुलुकका नागरिकले उक्त कार्य गर्न चाहँदैनन् । अहिले पनी, समय समयमा, धेरै नेपालीहरु र अन्य आप्रवासी कामदारहरूले यी देशहरूमा आफ्ना रोजगारदाताहरूबाट दुर्व्यवहार र अत्याचारको गुनासो गरीरहेको पाइन्छ।

मजदुरले महंगाईको हिसाबमा कम तलब पाउँछन।

अन्य देशको तुलनात्मक हिसाबले नेपालीहरुको लागी अर्थात् यहाँ काम गर्ने मजदुरले मुद्रास्फीति अनुसार ज्याला निकै कम पाउँछन् । फलस्वरूप यहाँका मजदुरहरूले आफुले सोचे भन्दा थोरै मात्र रकम बचत गरीरहेका छन। मुद्रास्फीति बढ्दै गएको छ र डलरको विश्वसनीयता घट्दैछ। त्यसो त कुवेती दिनार बिश्वकै शक्तिशाली मुद्रा मध्यको एक हो। तर कम तलब र महँगीका कारण यहाँ बसोबास गर्ने आप्रवासीहरुको पीडा पनि बढ्दै गएको छ । समस्या यहाँ बाँच्ने मात्र होइन, प्रयाप्त मात्रमा पैसा बचाउन नसक्नू हो।

यहाँ नेपालीहरु बस्न र खानको लागि मात्र होइन केही सुन्दर सपना लिएर आएका हुन्छन तर कम कमाई हुने भएकोले गर्दा उनीहरुको सपना साकार हुन पाइएको देखीदैन।कुवेत लगायत खाडीको अग्ला भवनहरूको पछाडी ठूलो संख्यामा नेपालीहरुको पसिना र रगतले पोतिएको छ।

त्यसो त मानवअधिकार संगठनहरूले खाडी देशहरूको कमजोर मानवअधिकारको हकमा आवाज उठाउने कार्य निरन्तर जारी राखेका छन्। सञ्चारमाध्यममा पनि मजदुरमाथि दुर्व्यवहारको खबर आउने गरेको छ । कतिपय गुनासो यहाँ आएपछी भएका सम्झौतासँग पनि सम्बन्धित छन। सम्झौता पत्रमा अरबीमा लेखिएका हुनाले हस्ताक्षरकर्ताहरूलाई के कुराको सम्झौता भयो भन्ने र आफुले कुन कागजातमा हस्ताक्षर गरेको भन्ने कुरा थाहा हुदैन यस कारणले पनी समस्या परेको देखीन्छ।

सम्झौता अरबीमा लेखिएको छ।

कैयन पीड़ित पक्षको कुरा बुझ्दा यहाँ आएपछि आफुहरुले अरबीमा लेखिएको पत्रमा सम्झौता गरेका बताएका छन। त्यसमा के लेखिएको थियो त्यो पनी थाहा छैन भन्ने गरेका छन। यस प्रकारको समस्या हटाउन पनि आवश्यक छ। अरबका प्राय देशले नेपाली नागरिकहरु आफ्नो देशको निर्माणमा संलग्न रहेको स्वीकार गर्छन्। नेपाल सरकारले पनी खाडी देशहरूमा बस्ने नेपालीहरुको महत्त्व बुझ्नु पर्ने आवश्यक छ। किनकी खाड़ीबाट अरबौ रुपैया रिमिट्यांस देशमा भित्रीएको हुन्छ।

दक्ष श्रमको सम्मान हुन्छ भन्ने थाहा छ तर अदक्ष कामदारको स्वदेश होस् वा विदेशको अवस्था विडम्बनापूर्ण छ । एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदनले पनि खाडी मुलुकको कुनै पनी देशमा आप्रवासी श्रम कानून र श्रमिकको मृत्युलाई उद्धृत गर्दै सो कुरा उल्लेख गरेको छ । र अर्कों कुरा मेडिकल, इन्जिनियरिङ वा यस्तै उच्च कामका लागि जो कोही पनी अरब आउदै हो भने कुनै समस्या नहोला तर सानो कामदार वा मजदुर परिवारलाई केबल खुवाउन विदेश आएमा यो यात्रा जोखिमपूर्ण र घातक हुन सक्छ।

नेपाली कामदारहरुको सुरक्षा खतरामा

देशबाट बेचिएर खाडी आएका कैयन युवाहरु खाडीको धनी देश कुवेत लगायत अन्य देशमा आएका मजदुरको पीडाको खबरले पनि नेपाली कामदारहरुको सुरक्षा खतरामा छ भन्ने बताउँछ। यहाँ काम गर्ने विदेशी श्रमिक र साना कामदारप्रति देशको श्रम कानुन उदासीन र निर्दयी छ कि भन्ने प्रश्न फेरि उठ्न थालेको छ। कुवेत पनी खाडी मध्यको एक धनी देश हो जुन केही समय यता घरायसी कामदारको विषयलाई लिएर निकै विवादमा रहेको छ।

आर्थिक अवस्थामा बलियो रहेको कुवेतले यस अघी बिकासको गती लीनसकेको थिएन तर केही वर्ष यता भने विकासको आक्रामक गती लीइरहेको छ। पछील्लो केही समय यता बृहत् निर्माण कार्यमा बिदेशी श्रमिकहरु धमाधम आइरहेका छन् । खासगरी नेपाल, भारत, लगायतका देशबाट ठुलो मात्रमा कुवेत भित्रीएको देख्न सकीन्छ।

नेपाल सरकारको आधिकारिक तथ्यांकलाई उद्धृत गर्दै खाडी र मलेसिया गरेर गत वर्ष २०२१ देखी २०२२सम्ममा वैदेशिक रोजगारीमा गएकामध्ये १४७९ जनाले ज्यान गुमाएका छन।

यसरी ज्यान गुमाउने अधिकांश प्राकृतिक मृत्यु रहेता पनी बाकी सरकारले श्रम कानूनको घोर बेवास्ता गरेको, र निर्माण कम्पनीहरूले फाइदा उठाउँदै बाहिरबाट आएका कामदारको शोषणमा परि मजदुरहरुको ज्यान गएको बुझ्न सकीन्छ।

शून्य मौनता देखिएको नेपाल सरकारले पनि आफ्नो सपना सुनौलो बनाउन अरब देशमा पुगेका नेपाली मजदुरहरूको चिन्ता र सुरक्षाका लागि केही ठोस कदम चाल्नुपर्छ।खैर परिस्थिति अनुकूल छैन। तर, पनी अब के हुन्छ हेर्न बाँकी छ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...