Friday 4th July 2025

ब्यंग्य कविताः कुराैटे ढेडुवा – छन्द: झ्याउरे(देवकोटाको प्राणप्रिय) -हरि शर्मा (गलकोटे कवि)


मानिसहरू बनेको देख्छौँ आकुलव्याकुल
ढेडुवाहरू कुर्सीको लागि बनेका पागल
कुरौटे ढेडु मानिसमाथि कुल्चेर नाच्दैछ
हातको माछो उम्केर गयो सानले डाक्दैछ ।१।💐🌷🌺

आफू र आफ्नो गुटको लागि आरामबिराम
आफूको लागि सफल पार्‍यो आहारविज्ञान
आनन्ददायी आमोदी हुने कपोलकल्पना
साउने भेल जनको आँसु आदानप्रदान ।२।💐🌷🌺

उच्चताबोध गर्दैछ ढेडु आहारविहार
उत्तरदायी पटक्कै छैन आचारविचार
उदासीनता जगमा देख्छौँ जनता विचरा
असमर्थता लुकायो ढेडु गर्दैछ प्रचार ।३।💐🌷🌺

गरेको देख्छौँ अरौटेसाथ ओहोरोदोहोरो
कुरौटे गर्छ कुराको वर्षा ओसारोपसारो
गरीबहरू बाटोमा गर्छ्न् ललौरीबिलौरी
गुँडमा कठै रोएका देख्छौँ बचेराबचेरी।४।💐🌷🌺

ढेडुवाहरू बसेर गर्छ्न् आमोदप्रमोद
आफूको लागि प्रशस्त धन आफलताफल
विधवा गर्छिन् कुनामा बसी अलापविलाप
ढेडुवाहरू चुनाव भन्दै चहकमहक।५।💐🌷🌺

आमोद पोख्न नपाई रुन्छिन् उदारवादिता
असुरहरू गरेर मख्ख असुरविवाह
खै कति गरौँ जगमा हामी अलनाबिलना
ढेडुले बानी सुधारी देओस् छ शुभकामना ।६।💐🌷🌺

हरि शर्मा (सुवेदी)-गलकोटे कवि
मिशिगन अमेरिका💐🌷🌺🌼


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर - विद्यादेवी भण्डारीको यात्रा कुनै सामान्य राजनीतिक इतिहास होइन। एउटा विद्यार्थी नेतृबाट सुरु भएको यो यात्रा आज…

एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले पराजित गरेको छ  । उज्वेकिस्तानमा भएको खेलमा नेपालले…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इजरायलले गाजामा ६० दिने युद्धविरामको लागि सर्तहरूमा सहमति जनाएको र अवस्था बिग्रनु अघि हमासलाई सम्झौता…

प्रतिकृयाहरू
...