Sunday 1st February 2026

कविताः लिनु र दिनुमा अन्तर – लोक छन्दःझ्याउरे -हरि शर्मा (गलकोटे कवि)


सबैले खोज्छन् आफैले लिन, दिने खै को होला ?
अरुको भाग खोसेर लिँदा परेको अन्योल
धनको खोजी मानको खोजी सुखको चाहना
सबैले खोज्ने आफूको लागि मान र सम्मान ।१।🌷🙏🌺

खोज्दैन किन मानव जाति फर्केर आफूमै
अर्काको मुख ताकेर बस्ने गरेको किन खै ?
उद्देश्य बिना डुलेको किन बेकामे बनेर
उचालिदेलान् काँधमा राखी अरुले भनेर ।२।🌷🙏🌺

अरुले खुशी दिनेछ भन्दा निराशा मिल्नेछ
आफूले दिन्छु भनेर सोच्दा उत्तम देखिन्छ
सुखको श्रोत मानवभित्र लुकेर बस्दछ
मानव भने सुखको खोजी अन्यत्र गर्दछ ।३।🌷🙏🌺

प्रशंसा माग्ने श्याबासी लिने कृपया भनेर
दिएको दिन देखिन्न कतै दयालु बनेर
सोचेको कोही देखिन्न कतै अरुको भलाई
सबैले सोध्दछन् कोसेली खै के ल्याएको मलाई ?।४।🌷🙏🌺

भिखारी मात्र अरुको आशा गरेर बस्दछ
सबल मान्छे कर्मले आफू सफल बन्दछ
अरुको काँध चढेर कोही सफल बनेमा
पाएको मान हराईजान्छ छिनको छिनमा ।५।🌷🙏🌺

नेताले लाज नमानिकन भिखारी बनेका
आफूको घर जलाईकन खरानी बाँडेका
जलाई घर बासको खोजी भिखारी बनेर
मार्दछन् दाता चुनाव पछि शिकारी बनेर ।६।🌷🙏🌺
हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...