Thursday 1st October 2026

सरकार हामी कसरी बाँच्ने?


नारायण कोइराला – यसो बेडमा सुत्न के गएको थिएं, मनमा अनेक विचार जुध्न थाले ।निदको बदलामा सोचका चिंगारीहरु मस्तिष्कमा आगोको मुस्लो जस्तो दौडेको आभास भयो। म त परदेशमा छू।यहाँको व्यावस्था संग मेरो भरोसा छ।अकालमा मर्दिनँ भनेर। मेरो दिमाख आफ्नो देशको ब्यबस्था संग भरोसा नभएको सोच आएको छ। मैले बुझ्न नसकेको होकी?या मेरो सोचाइ गलत हो ।यो छुट्याउने अधिकार मलाई छैन्।

यो छुट्याउने जिम्मा हजुरहरुको भयो। मलाई एकदिन निद नआए पनि के हुन्छ र?कुरो त्यो होइन? जनताको बाँच्न पाउने अधिकार किन खोसिदै छ,सरकारको जिम्मेवारी के? के हामीले कर तिरेका छेनौ? के काम गर्न नसक्ने बुढा गोरू पाल्न मात्र हाम्रो पसिनाको कमाई खर्च गर्ने हो? के सत्ता केवल आफ्नो सुविधाको लागि हो?किन चाहियो सरकार?यस्तो दुखद अवस्थामा जनताको न्यूनतम आवश्कता पनि पूरा गर्न सक्दैन भने?

यत्रो समयको बन्द अनि महामारीमा पिरोलिएका जनतालाई सरकारबाट दिने उपहार यही हो।दसैंको मुखमा आएर।एक छाक के खाने?भन्ने अवस्था छ,यो बेलामा अब कोरोना जस्तो महामारीको उपचार पनि आफ्नो खर्चबाट गर्नु पर्छ भन्नु त नेपाली उखान”एक चमच पानीमा डुबेर मर्नु सरकार भने जस्तै हो ।” मेरो विचारमा।

आखिर किन? सधै यस्तो! के सरकार जनताको अविभावक होइन?तिम्रा ति भाषण अनि चुनावि घोषणपत्र कता गए? जुन सुकै सरकार आए पनि किन यस्तो?तिमीहरूलाई पातलो दिशा लाग्यो भनेपनि विदेशमा उपचार गराउन जान पुग्ने सरकारको ढुकुटीबाट।आज जनता सडकमा रुँदा हाँस्दै छौँ।

किन यस्तो गर्छौ? ए!सरकार मात्र होइन, ए !विपक्ष यस्तो बेलामा पनि जनताको उपचार भएन भने के गर्लान् देश अनि विदेश बासी सोची बस्नु?जनताले देश तिमीहरूलाई बिर्तामा दिएका होइनन्?जनताको हितको लागि जनता बाट चुनिएका हौं,यति त ख्याल गर्नु पर्ने हो नी?

कि त्यो पनि बिर्सियो सत्ताको मातमा। म एक नागरिक भएकोले सोध्न पाउने कि नपाउने?
के जनताको उपचार गर्ने हिम्मत सकिएको हो सरकार?की आफ्नो कुर्चीको उपचार गर्दा फुर्सत भएन? सरकार हामी विदेशमा छौ।रेमिटेन्सले तिमीहरूलाई पालेका छौँ।यदि हाम्रो परिवारले यो महामारीमा उपचार पाएनन् भने के हुन्छ ? न युवालाई रोजगार दिन सक्छौ ? न विदेशबाट गएको रेमिट्यान्स ठीक ठाउँमा प्रयोग गर्छौ। के गर्न खोज्दै छौँ? हाम्रो देशलाई।

किन सधै केटा केटी भाँडाकुटी खेल्दा जस्तो डिसिजन लिन्छौ। सतीले सरापेको देश भन्छन्,सही होकी जस्तो लाग्छ।अरू जे सुकै होस्,जनताको पेट भोको रहन भएन।सरकार छ देशमा भन्ने आभास हुनु पर्यो। सरकार हामी कसरी बाँच्ने?भनेको चित्कार सात समुन्द्र पारीबाट हामीले सुन्न नपरोस्।

तानसेन पाल्पा
हाल यूएई


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...