Monday 16th February 2026

नेपाली लोक छन्द: झ्याउरे- दयाको खेती


तितोपाटी- बाँचेको किन कोरोना तिमी निष्ठुरी बनेर ।
पुकारा गरे धेरैले यहाँ हे आमा भनेर ।

मनका इक्षा मनमै कैदी हामीले पारेको ।
योजना जति पछिको लागि धकेली सारेको ।

धेरैको यात्रा बाटोमै ठप्प अलत्र पारेको ।
भुसुनै सरी ठानेर तिमी कुल्चेर मारेको ।
लुकेर हिड्ने मानव साथ मानव गरेको ।
छोपेर हिड्न मुहार पनि बाध्यता परेको ।

दयाको खेती हुँदैन पक्कै पापीको घरमा ।
बोकोले ढुक्क सुम्पियो जीउ कसाही भरमा।
कोरोना नाम सुन्दैमा कान बहिरो बनेको ।
असंख्य भयो मर्नेको संख्या दुनियाँ तड्पेको।

दिनहुँ काम गरेर खाने निमेकी विचरा ।
भोकले रुँदै शोकमा डुबी गरेका पुकारा ।
दिन र राति दु:खको ताँती शोकले टोकेर ।
मारेको जाती गुण्डाकै भाँती छुराले रोपेर ।

हजारौ आमा हरुको तिमी काख नै रित्यायौ।
प्रशस्त चेलीहरुको सिन्दुर छिनमै सिध्यायौ ।
कुनामा लुकी कतिको ज्यान तत्काल जिप्ट्यायौ ।
अनेक कष्ट कहर सबै तिमी नै निम्त्यायौ ।
धन्यवाद ।

हरि शर्मा(सुवेदी)
मिशिगन, अमेरिका ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...