Thursday 6th August 2026
नेपालको समाचार
Image

तितोपाटी- माघ २८ गते काठमाडौं गरिने प्रदर्शनका लागि नेकपाको प्रचण्ड–माधव पक्षले तयारी तीब्र पारेको छ। प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहले २८ गते ‘हालसम्मै विशाल प्रदर्शन’ गर्ने जनाएको छ। यसअघि प्रचण्ड–माधव पक्षले माघ ९ गते पनि काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो। २८ गतेको सभा माघ ९ गते नै कार्यक्रम…

Image

तितोपाटी- सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरुपमा संरचना हस्तान्तरण…

Image

तितोपाटी- भारतको बिहारमा एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ की १२ वर्षीया बालिकाको गत जनवरी २१ मा सामूहिक बलात्कारपछि हत्या भएको हो । बिहारको मोतिहारीको कुन्डुवा चैनपुरमा बालिकाको हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले बताएका छन् । बालिकाको शव जलाएपछि…

Image

‘सीता माताको प्रदेशका नागरिकलाई होइन, ओली भगवान रामलाई नागरिकता दिन लागिरहेका छन्’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले ‘देश भक्तिको धार’ भुत्ते भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अहिले भगवानप्रतिको आस्थामा खेल्न थालेको बताएका छन् । आज (आइतबार) पर्सामा आयोजित विरोध सभामा नेता थापाले कुनै बेला प्रधानमन्त्रीले देशभक्तिको भावनासँग…

Image

विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमणबाट विदेशमा अहिले सम्म ३३३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा दुई र अल्जेरियामा एकको संक्रमणका कारण मृत्यु भए  संगै यो संख्या ३३३ पुगेको हो । अहिले सम्म विदेशका २१ देशमा कोरोना संक्रमणका कारण नेपालीको मृत्यु भएको छ भने जम्मा…

Image

तितोपाटी- वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरुले जनाएका छन् । कोभिड भने अन्यत्र कतै उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरुको बजारबाट यो विस्तार भएको…

Image

तितोपाटी- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका छन् । पेशागत महासघं नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताएका छन् । ‘निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सबै निकायले तयारी गरिरहेका छन्’, उनले भने, ‘तोकिएको समयमा निर्वाचन हुन्छ । तपाईंहरु…

Image

काठमाडौं उपत्यकाका ट्याक्सी चालक तथा व्यवसायी आन्दोलित भएका छन् । शनिवार आफ्ना ट्याक्सीसहित र्‍याली निकाल्दै व्यवसायीहरुले सरकारसँग वैज्ञानिक भाडादर कायम गर्नुपर्नेसहित विभिन्न माग गरेका छन् ।राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग व्यवसायीको छ । उनीहरुले निजी सवारीले भाडाका यात्रु बोक्ने गरी सञ्चालनमा रहेका टुटल पठाओजस्ता सेवा पनि बन्द…

Image

तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गरेकी छन् । राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।

Image

प्रधानमन्त्री केपी ओलीले नरभक्षी आन्दोलनका दिन गएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले शुक्रबार राजधानीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै यस्तो बताए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि अब मांसाहारी आन्दोलनले मात्र नहुने बताएकोप्रति कटाक्ष गर्दै ओलीले यस्तो बताएका हुन् ।  ‘मांसाहारी आन्दोललने हुँदेन…