Saturday 21st November 2026
नेपालको समाचार
Image

ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गरीएको परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट देखिएको उनका निजी सचिव नारायण खत्रीले रातोपाटीलाई जानकारी दिए । केही दिनयता कोरोनाको लक्षण देखिएपछि उनले परीक्षणका लागि स्वाब दिएका थिए । कोरोना पुष्टि भएसँगै उनी छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन् । उनको अवस्था…

Image

काठमाडौं उपत्यकामा डेढ साता आवागमनमा कडाई गरिने भएको छ । मध्यान्ह उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले त्यसबारे औपचारिक निर्णय गर्नेछन् । प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयसँगको परामर्शपछि डेढ साता काठमाडौंमा कडाई गर्नेबारे छलफल अगाडि बढाएका हुन् । ‘निषेधाज्ञा लगाउने वा अन्य बिधिबाट आवागमन सिमित गर्ने भन्नेबारे हामी छलफल गर्छौ’ काठमाडौंका प्रमुख…

Image

तितोपाटी- चितवन ,भरतपुर महानगरपालिका–१, ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् । तीनजनाको उद्वार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा फलामको काम गर्दैगर्दा फलामसहित मजदुर खसेका थिए । दुईजना त्रिशूलीमा बेपत्ता…

Image

तितोपाटी- प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लाग्न पार्टीका कमिटीलाई निर्देशन दिएका छन् । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा कोभिड–१९ विरुद्ध जिल्लामा हेल्प डेस्क बनाउन, गाउँ–गाउँमा जागरण अभियान सञ्चालन गर्न परिचालित हुन निर्देशन दिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ओलीले हिजो…

Image

तितोपाटी- भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ । आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा पुलघाटका प्रहरी प्रहरी सहायक निरीक्षक गगनसिंह भाटले जानकारी दिए । उत्तराखण्ड…

Image

बाँकेमा पछिल्लो समय कोरोनाभाइरस संक्रमणले भयावह रुप लिन थालेको छ । बितेको २४ घण्टामा मात्रै बाँकेमा ७ जना संक्रमितले ज्यान गुमाएका छन् । शनिबार बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । सङ्क्रमितको मृत्यु भएसँगै २४ घण्टाको अवधिमा मृतकको संख्या ७ पुगेको हो ।…

Image

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा ब्रह्मलुट र सर्वसत्तावाद हावी भएको आरोप लगाएका छन् ।  उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर आजकै दिन राजा र आन्दोलनकारी दलहरुबीच सम्झौता भएर आन्दोलन अन्त भएको भन्दै थापाले दलहरुले धोका दिएर राजसंस्थालाई पाखा लगाएको बताए । उनले लखेका छन् ‘आजकै दिन राजा र आन्दोलनकारी…

Image

तितोपाटी- भोको पेट पाल्नकै लागि भारतमा रोजगारी गर्न गएका बाजुराका अधिकांश स्थानीय अहिले फेरि धमाधम गाउँ फर्किन थालेका छन् । गतवर्ष चैत वैशाखमा कोरोनाको कहरले भारतमा नौकरी छुटेपछि उनीहरु गाउँमा फर्किएका थिए । असोज कात्तिकमा कोरोनाका कहर अलि कम भएपनि उनीहरुलाई गाउँमा कुनै काम नमिलेपछि रोजगारीका लागि फेरि भारतमा गएका…

Image

तितोपाटी- गौरीफन्टा नाका भएर बिहीबार भारतबाट फर्किएका ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शङ्कास्पद् ४१८ जनाको एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्दा ६२ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको हो । जम्मा परीक्षण गरिएकोमध्ये एकैदिन १४.८३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको नाकामा खट्नु भएका स्वास्थ्यकर्मी गणेश साउँदले जानकारी दिनुभयो ।…

Image

तितोपाटी- नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन संयुक्तरुपमा अपिल जारी गर्दै उनीहरुले एमालेको एकता जोगाउन अपिल गरेका हुन्। उनीहरुले पार्टी एकता जोगाउनका लागि ‘एमालेको एकतालाई बचाऔँ, कम्युनिष्ट आन्दोलनको…