Saturday 31st October 2026

लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावाद हावी- कमल थापा


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा ब्रह्मलुट र सर्वसत्तावाद हावी भएको आरोप लगाएका छन् ।  उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर आजकै दिन राजा र आन्दोलनकारी दलहरुबीच सम्झौता भएर आन्दोलन अन्त भएको भन्दै थापाले दलहरुले धोका दिएर राजसंस्थालाई पाखा लगाएको बताए ।

उनले लखेका छन् ‘आजकै दिन राजा र आन्दोलनकारी दलहरुबीच सम्झौता भएर आन्दोलनको अन्त्य भएको थियो । सम्झौता अनुसार राजाले राजीतिक दलहरुलाई सत्ता हस्तान्तरण गरे । तर, आन्दोलनकारीहरुले धोका दिएर राजसंस्थालाई पाखा लगाए । अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्म परिवर्तन र सर्वसत्तावाद हावी भएको छ ।’

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

लगातार वर्षा भएपछि रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसी क्षेत्रमा पहिरो खसेर बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।…

मध्यपूर्वमा जारी तनावबीच Iran’s Islamic Revolutionary Guard Corps (IRGC) ले Strait of Hormuz मा चारवटा तेल ट्यांकरमा आगलागी र विस्फोट…

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक आर्थिक अनियमितता भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका…

प्रतिकृयाहरू
...