Saturday 31st October 2026

भारतबाट फर्किएका ६२ जनामा कोरोना सङ्क्रमण


तितोपाटी- गौरीफन्टा नाका भएर बिहीबार भारतबाट फर्किएका ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शङ्कास्पद् ४१८ जनाको एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्दा ६२ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको हो । जम्मा परीक्षण गरिएकोमध्ये एकैदिन १४.८३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको नाकामा खट्नु भएका स्वास्थ्यकर्मी गणेश साउँदले जानकारी दिनुभयो । गौरीफन्टा नाकाबाट हालसम्म आएकामध्ये १० हजार ४१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ । सो नाकामा गरिएको परीक्षणमामात्रै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार १२ पुगेको जनाइएको छ ।
यसैगरी, बिहीबार सुदूरपश्चिमको विभिन्न जिल्लामा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...