Wednesday 7th October 2026

भारतबाट फर्किएका ६२ जनामा कोरोना सङ्क्रमण


तितोपाटी- गौरीफन्टा नाका भएर बिहीबार भारतबाट फर्किएका ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शङ्कास्पद् ४१८ जनाको एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्दा ६२ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको हो । जम्मा परीक्षण गरिएकोमध्ये एकैदिन १४.८३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको नाकामा खट्नु भएका स्वास्थ्यकर्मी गणेश साउँदले जानकारी दिनुभयो । गौरीफन्टा नाकाबाट हालसम्म आएकामध्ये १० हजार ४१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ । सो नाकामा गरिएको परीक्षणमामात्रै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार १२ पुगेको जनाइएको छ ।
यसैगरी, बिहीबार सुदूरपश्चिमको विभिन्न जिल्लामा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...