Sunday 18th October 2026

गण्डकी : हराएका सांसद खिमविक्रम अस्पतालको कोभिड वार्डमा


तितोपाटी- गण्डकी प्रदेशसभाको आजको बैठकमा अनुपस्थित भएका सांसद खिमविक्रम शाही अस्पतालमा रहेको बुझिएको छ । उनी पोखराको चरक अस्पतालमा भर्ना भएका हुन् ।

उनलाई कोभिड-१९ वार्डमा राखिएको अस्पताल स्रोतले बतायो ।
तर, हिजो गरिएको पीसीआर परीक्षणमा सांसद शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । आज गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको भन्दै आइसोलेसनमा राखिएको हो ।
बुधबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो ।
तर, राष्ट्रिय जनमोर्चाका सांसद शाही सम्पर्कविहीन भएपछि सचेतक पियारी थापाले खोजी गरिदिन माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएकी थिइन् । शाहीको अवस्था अज्ञात रहेको र खोजी गरिदिन माग गर्दै प्रदेशसभा सचिवालयमा निवदेन दिएपछि प्रदेशसभा बैठक स्थगित भएको छ । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...