Wednesday 7th October 2026

हवाई यात्रुलाई टिकटको आधारमा विमानस्थल पुग्ने व्यवस्था गर्ने प्राधिकरणको निर्णय


 नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुलाई टिकट र परिचयपत्रका आधारमा विमानस्थल जाने र आउने व्यवस्था गर्ने भएको छ। मंगलबार निषेधाज्ञाको समयमा हवाई सेवाा सहजिकरणका लागि प्राधिकरणले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो निर्णय भएको जानकारी गराएको हो।प्राधिकरण उडान अनुमति शाखाका प्रवन्धक हिराजन काफ्लेले विज्ञप्ति सार्वजनिक गर्दै प्राधिकरण तथा वायुसेवा सञ्चालकबीच भएको छलफलले सहजिकरण गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

काफ्लेका अनुसार वायुसेवा सञ्चालक र विमानस्थलमा कार्यरत कर्मचारी, सवारी साधनलाई आवश्यकता र औचित्यका आधारमा प्राधिकरणले अनुमति जारी गर्ने, आन्तरिक हवाई यात्रुलाई टिकट र परिचयपत्रका आधारमा विमानस्थल जाने र फर्किने व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सहजिकरण गर्नुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको आवागमनलाई सघाउ पुर्याउन साझा यातायातका बसलाई परिचालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो। काठमाडौं उपत्यकामा बिहीबारदेखि एक साता लामो निषेधाज्ञा जारी भएपछि प्राधिकरणले यस्तो निर्णय गरेको हो। सरकारले सार्वजनिक सवारी साधन नचल्ने बताए पनि हवाई यातायातको विषयमा केही भनेको छैन।
  

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...