Sunday 11th October 2026

नेपालमा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु


कोरोनाभाइरसबाट थप ३५ जनाको मृत्यु भएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको उल्लेख गरिएको छ  । ​यो सँगै मृतकको कुल संख्या ३ हजार २४६ पुगेको छ ।

यस्तै देशभर ४९ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लागेकै दिन देशभर ४९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ५९७ जनाको परीक्षण गर्दा ४ हजार ८३१ जना र एन्टिजेन विधिबाट ९६३ जनामा परीक्षण गर्दा ९७ जनामा संक्तमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० र निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ।  यस्तै देशभर हाल सक्रिय संक्रमित ३४ हजार ११७ पुगेको छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति…

यहि अक्टोबर १२ देखि १८ सम्म थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंकको वार्षिक बैठक हुँदैछ। बैठकमा विश्वभर…

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

प्रतिकृयाहरू
...