Saturday 31st October 2026

कोरोना महामारीको चपेटामा परेका मजदूरलाई राहतका दिन सभामुखको आग्रह


तितोपाटी – सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीको चपेटामा परेका श्रमजीवी मजदूर वर्गका लागि राज्यका तर्फबाट विशेष राहतको कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

१३२औँ मजदूर दिवसका अवसरमा शुभकामना दिँदै सापकोटाले कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका लाखौँ श्रमिक खाली बस्नुपर्ने अवस्था सिर्जना भएकाले तत्काल उचित कार्यक्रम ल्याउन आग्रह गरेका हुन् ।
श्रमिक वर्गका अगाडि कोभिड–१९ सँगै भोकमरीबाट बाँच्नुपर्ने चुनौती थपिएको जनाउँदै सभामुख सापकोटाले रोजगारी गुमाएर स्वदेश फर्किएका हजारौँ नेपाल श्रमिकको व्यवस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।


सम्बन्धित शीर्षकहरु

लगातार वर्षा भएपछि रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसी क्षेत्रमा पहिरो खसेर बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।…

मध्यपूर्वमा जारी तनावबीच Iran’s Islamic Revolutionary Guard Corps (IRGC) ले Strait of Hormuz मा चारवटा तेल ट्यांकरमा आगलागी र विस्फोट…

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक आर्थिक अनियमितता भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका…

प्रतिकृयाहरू
...