Saturday 31st October 2026

सत्तारुढ एमालेले नै गर्‍यो गण्डकी प्रदेश सभाको वैठक अवरुद्ध


सत्तारुढ दल नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ । नेकपा एमालेले कोरोनाको कारण देखाउँदै सांसदहरुको पीसीआर परीक्षण गर्नुपर्ने माग गरेको छ ।बैठक हलभित्र एमालेले यस्तो माग गरेर संसद् बन्द गर्न आग्रह गरेपछि २० मिनेटका लागि स्थगित भएको हो । प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । नेपाली कांग्रेस, माओवादीलगायतका दलहरुले मुख्यमन्त्री गुरुङ्गविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

लगातार वर्षा भएपछि रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसी क्षेत्रमा पहिरो खसेर बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।…

मध्यपूर्वमा जारी तनावबीच Iran’s Islamic Revolutionary Guard Corps (IRGC) ले Strait of Hormuz मा चारवटा तेल ट्यांकरमा आगलागी र विस्फोट…

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक आर्थिक अनियमितता भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका…

प्रतिकृयाहरू
...