धनकी देवी - नेपाली लोक छन्द(झ्याउरे) ************************************** धनकी देवी ती लक्ष्मी माता खै कता जानुभो । हातबाट मेरो सुलुक्क चिप्ली कसैको हुनुभो । १। सरस्वती लक्ष्मी साथैमा राख्ने मनको चाहना । लक्ष्मीले झिक्न लागेको देख्छु अनेक बहाना । २ । दिन-बित्दै गए धनकी देवी तर्केर भागेको । शारदा भक्त भएछ…
तितोपाटी- विश्व नेपाली साहित्य महासंघ कुवेत शाखा र अनेसा च्याप्टर कुवेतको संयुक्त आयोजनामा गत सोमबार २०७ औं भानुजयन्ती मनाइएको छ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर…
गजल निर्धक्क मनले तिम्रो फूलबारीमा डुल्न पाएँ । धानका बाला झैं तिम्रो मनभरी झुल्न पाएँ ।। तिम्रो साथबाट कहिल्यै नछुट्टिने कसम खादै जिन्दगीका ब्यथाहरु सधैंलाई भुल्न पाएँ ।। अन्धकारमा रुमल्लिएर विलिन हुनै लाग्दा रिमझिम झरिपछि निलो गगन झैं खुल्न पाएँ।। अलौकिक सुवासको मन्द मन्द वासना दिएर तिम्रो जिवनमा वसन्त बहार…
दुइ मुक्तक १ यसैले घर-घरमा लफडा हुन्छ । यसकै सानो निहुँमा झगडा हुन्छ । किनहोला आजभोलि समाजमा नाता भन्दा पैसा नै तगडा हुन्छ । २ असक्त भैसकें र पनि सबैको हाईहाई छु । आफ्नै बिष्लेषण म प्राणी मध्येको गाई छु । के भयो र कुकुर भुक्छ हात्ती लस्किदै गर्छ अटेरी,जिद्दी…
अलमल गोत्र *********** म जन्मेको बाग्लुङ जिल्ला गल्कोट हो घर । हरि शर्मा नाम पर्यो, सुबेदी हो थर । १ । अमेरिकाको मिसिगन डीट्रोइट शहर । अहिलेसम्म चलेकै छ कोरोनाको कहर । २ । सरकारको उर्दी आउँछ मुख छोप्न भनी । आँखा मात्र देख्दा मान्छे चिन्नै गाह्रो भो नि ।…
~रामायण एक दर्शन~ *************** छन्द: शार्दूलविकृडित खोतल्दा इतिहास भानु भनिने मिल्नेछ नामै पनि। चम्किन्छन नभमा अनेक रुपमा गम्किन्छ छाती पनि।१ । जन्मेको भनिने पहाड तिरको रम्घा चुँदी गाउँमा । घाँसीले छ त्यहीँ खनेर गहिरो छाडी गएको कुवा।२। बाजेले उनको पढाइ घरमा सम्पन्न गर्दा भया। बाजेको उपदेश पाईकन ती आदर्श बाँड्न्या…
~बधूशिक्षा भानुभक्तको ~ छन्द: तोटक IIS IIS IIS IIS सलगा सलगा सलगा सलगा अति सुन्दर शान्त महान तिमी । कति सज्जनको मन भित्र तिमी । १ । कविका बनका कविता सरिता । बिचमा नडुबी नहुने अब ता । २ । नबसी घरमा त गजाधरको । अलि पल्तिरको घरमा किन हो…
गजल भानु बन्न सजिलो छ भानुभक्त हुने को ? लोकको हित निम्ति यहाँ आसक्त हुने को ? साँच्चै सम्बेदनशील छौ कि मुख मात्रै हो शब्द राम्रो राष्ट्रियता तर देशभक्त हुने को ? मोतीले दिए भानुलाई आदिकवि उपमा भानुभक्त झैं देशप्रेमी राष्ट्रभक्त हुने को ? अनुसरण घाँसीका सुन्दर सरल बिचार बुझेर…
गजल दुनियाँलाई सतायो कोरोनाको यातनाले पनि । चिन्ता झन बढायो आफ्नाकाे सम्झनाले पनि ।। बिश्व नै महामारीको चपेटामा परेको छ अहिले कस्तो धर्म संकट ल्यायो यो बिडम्बनाले पनि ।। भोलि कस्तो अवस्था आउला मलाई थाहा छैन दैनिक मुटुमा चस्काउछ यिनै कल्पनाले पनि ।। एक ब्यक्ति बाट अर्को ब्यक्तिमा पो सर्छ…
नमन भानुलाई तनहुँ जिल्ला रम्घामा जन्म भएको भानुको । काटेर घाँस निर्माण पौवा प्रेरणा घाँसीको।। समष्टि भाव प्रदान गरि सम्मान पाएका । आदर्श सृस्टि जगत भरी चर्चित भएका।। सम्मान पाए भानुले यहाँ राष्ट्रिय बिभुती । आनन्द लिए पढेर कथा भानुको सम्बन्धी।। भानुको देन समाज प्रति अमर रहन्छ साहित्य सँगै ज्योतिष…
![]()