Thursday 10th September 2026

मेरी कविता – लोक छन्द (झ्याउरे) -हरि शर्मा(सुबेदी)


मेरी कविता लोक छन्द (झ्याउरे)
******************
कविता नानी चुल्बुले बानी नखरा पार्दछिन्।
श्रीमती मेरी आडैमा देखी लुकेर भाग्दछिन् ।१।

शंकाको बाढी उर्लेर आयो शान्तिको मनमा।
कविता साथै बसेको देखिन त्यो रानी बनमा ।२।

पछाडि धोका हुन्छ कि प्यारी शङ्कालु बानीले।
पटक्कै बिगार गर्दिनन् यहाँ कविता नानीले ।३।

सोच्नको लागि बाध्य नै पार्यौ आँखा यी रसाए ।
दुनियाँ भन्ला स्वार्थी छ भनी अर्को घर बसाए ।४।

कविता मेरी यौवनकी साथी साहित्य सिंगार्ने।
साधना उनको दिनहुँ गरी अज्ञानता निखार्ने ।५।

साधना गरी भरमा परी छु मैले घुमेको।
साहित्य सुधा पिउँन भनी अधर नि चुमेको ।६।

मायाको सागर तरेर मैले तिर्सना मेटेको ।
काव्यको बिशाल ढुकुटी भर्न लगातार लेखेको ।७।

साहित्य भाषा कविता बुझ्छिन यसकी पारखी ।
तिमीले पनि गरेको राम्रो उनकै आरती ।८।

हरि शर्मा (सुवेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...