Friday 27th November 2026

केन्यामा १९० बालबालिकाको मृत्यु प्रकरण: धार्मिक नेता पॉल म्याकेन्जीलाई २०० वर्ष जेल


केन्याका धार्मिक नेता पॉल म्याकेन्जीलाई १९० बालबालिकासहित १९१ जनाको मृत्यु गराएको आरोपमा अदालतले २०० वर्षको जेल सजाय सुनाएको छ।

म्याकेन्जीले आफ्ना अनुयायीहरूलाई संसार चाँडै अन्त्य हुने भन्दै स्वर्ग पुग्नका लागि लामो उपवास बस्न प्रेरित गरेका थिए। उनका अनुयायीहरू शाकाहोला जंगलमा बस्न गएका थिए, जहाँ धेरै मानिसको भोकमरीका कारण मृत्यु भएको थियो।

अदालतका अनुसार अधिकांश पीडित बालबालिका थिए। धेरैको मृत्यु खाना नपाएर भएको थियो भने केही बालबालिकाको घाँटी थिचेर, निसास्सिएर वा कुटपिटका कारण ज्यान गएको थियो।

अनुसन्धानका क्रममा शाकाहोला क्षेत्रबाट ४०० भन्दा बढी शव फेला परिसकेका छन्। पीडित परिवारहरूले सजायलाई न्यायको सुरुआत माने पनि आफ्ना प्रियजन गुमाएको पीडा कुनै सजायले कम गर्न नसक्ने बताएका छन्।


सम्बन्धित शीर्षकहरु

कुवेतमा कार्यरत तमू (गुरुङ) समुदायको साझा संस्था तमू समाज कुवेतले आगामी जनवरी १ (पुस १७), शुक्रबारका दिन तमू ल्होछार/ल्होसार–२०२७ भव्य…

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत लहान डिभिजनबाट पछिल्लो आठ महिनाको अवधिमा १० वटा रुग्ण पुलको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। पूर्वाधार…

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणलाई लिएर नेपाल र भारत दुवै देशमा चर्चा भइरहेको छ। जेनजी आन्दोलनपछि झन्डै दुईतिहाइ…

प्रतिकृयाहरू
...