Saturday 31st October 2026

सार्है चोटिला मुक्तकहरू – राम भण्डारी


मुक्तक

१
तिम्रो मृग नयन, ओठ गुलाबी रंग राम्रो ।
मयूरको कल्कि झैँ ढल्कि हिड्ने ढंग राम्रो ।
कति बयान गर्नु र प्रिया तिम्रो अधर हेरेर
तारा जुनसँग सधैं, अनि तिमी मै संग राम्रो ।

२
मेरा लागि बाँचिदिनु अमृतै खानु के छ र ।
सबैलाई जानु नै छ बिस्तारै जानु के छ र ।
कसलाई के थाहा हुन्छ र दैवको लेखा
छोडेर कीर्ति बाहेक यहाँ मरेर लानु के छ र ।

३
लाग्थ्यो मरिसकें फेरि जिउन मन लाग्यो ।
पिर सबै भुलाउन थोरै पिउन मन लाग्यो ।
झिनो आशा पलायो चोटैचोट भए पनि
च्यातिएको मुटु फेरि सिउन मन लाग्यो ।

४
हिजो भन्दा आज किन अलि बेग्लै गन्ध छ ।
बेगले चल्ने बतास पनि आज किन मन्द छ ।
बिस्वासको खडेरी चलेर हो, कि भ्रममा परेर
सधैं खुल्ने दिलको ढोका आज किन बन्द छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...