Saturday 31st October 2026

गजल -राम भण्डारी


गजल

तिमी सँगै बाँच्ने आशा मरे जस्तो लाग्छ ।
थाहै नदिई तिमीले घात गरे जस्तो लाग्छ ।।

पत्याउँदिनौ के भनेर सम्झाउँ तिमीलाई
मेरो मुटु बाट नै डेरा सरे जस्तो लाग्छ ।।

बेहोसी मै रहेछु म अब होस खुलेछ कि
नक्कलीको माया जालमा परे जस्तो लाग्छ ।।

एकोहोरो सोचि रहें मनमा किन किन
बसन्तमा फूल मुर्झाई झरे जस्तो लाग्छ ।।

मलाई पार्यौ मरेतुल्य तिमीले होस गर्नु
तिम्रो पापको घडा अब भरे जस्तो लाग्छ ।।

-राम भण्डारी
सिन्धुपाल्चाेक
हालः काठमाडाैं


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...