Saturday 31st October 2026

गलकोट-नुवाकोट – लोकछन्द(सवाई) -हरि शर्मा(सुबेदी)


गलकोट- नुवाकोट
लोकछन्द- सवाई
**********
पुछारमा गौँदी खोला द्यौराली हो शीर,
देब्रेपट्टि जुगे खोला घट्टे दायाँ तिर ।
समपोखरा मुलाछर्ने भनन्चौर अनि,
हलो तास्ने ठूलोचौर पाखापानी पनि ।

देउपुजे हुँदै तल तीजको डाँडा मुनि,
भुमेस्थान मन्दिर हुँदै पालेबन पनि ।
भलाबोट,काउले माथि ठूलोखोला पनि,
नुवाकोट्मै ठूलोदारा घाँस काट्न जाने ।

भुमेस्थान भूमे पूजा कालिकामा पाठ ।
भूमे प्रावि तल पर्छ स्वामीको रुख साथ ।
घट्टे खोला घट्ट हाल्ने तीजको डाँडा खेल ।
रीठा रुख उखु पेल्ने स्वामीका रुख तेल ।

डाँडाखेत ओर्लिएर लागौँ माथि तिर,
देब्रेपट्टि देखिने छ निलुवाको शीर ।
ओखरबोट डिहीँ दायाँ धनमूँडा पनि,
अलि माथि पुग्दा खेरी बैरी काटे अनि ।

देब्रे तिर हेर्नुहोला सुबेदीका घर,
ती मध्यको हरि शर्मा सुबेदी हो थर ।
चार जात छत्तिस बर्ण सबै बस्छन मिली ।
रङ्गी चङ्गी फूलबारी झैँ देख्छु झिली मिली ।

अमेरिका जापान कोही कतार मलेसिया,
कोही भारत,अस्ट्रेलिया गाउँ छिया-छिया ।
बिदेशमा बसेपनि माया गर्न मिल्छ ।
चटक्कै भुल्दा भने धर्ती सराप दिन्छ ।

हरि शर्मा (सुबेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...