Thursday 22nd October 2026

गजल -राम भण्डारी


गजल

दुःख पीडा हर्न कोहि आईदिए हुन्थ्यो ।
गए वर्ष जस्तै शान्ति छाईदिए हुन्थ्यो ।।

आएर हे भगवान कोहि सच्चा देशभक्त
निदाएका कुम्भकर्ण जगाईदिए हुन्थ्यो ।।

स्वार्थ भन्ने शब्दलाई मनबाटै निकालेर
देशकै मुहार फेर्न कसम खाईदिए हुन्थ्यो ।।

नढाँट है साँच्चै देशको माया लाग्ने भए
देशको माटो टिपी माथ लाईदिए हुन्थ्यो ।।

तिनै करोड नेपालीले एकै लय मिलाई
विश्व शान्ति गित सबले गाईदिए हुन्थ्यो ।।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...