Thursday 22nd October 2026

कविताः- आमाको मुटु – नेपाली लोक छन्द(झ्याउरे) -हरि शर्मा(सुबेदी)


आमाको मुटु
नेपाली लोक छन्द-(झ्याउरे)
***********************
हे मेरी आमा म एक्लो यहाँ हजुरकहाँ जानुभो ।
भरखर हो हामी खाएको खाना हजुर के खानुभो ।१।

आफ्नो त भलो जो पनि गर्छ अरुको गर्नु है।
अरुको पेट भरेर मात्र आफ्नो पेट भर्नु है ।२।

भन्ने ती प्यारा मधुरबाँणी कानैमा गुन्जिन्छ।
पुकारा गर्छु बेसरी मैले खै कसले सुन्दिन्छ ।३।

सन्तानले यहाँ उपद्रो गरे मैँ ठूलो भनेर।
लडेका लड्यै आपसमा यहाँ निर्मोही बनेर ।४।

दाजु र भाइ दिदी र बहिनी आपसमा लडेको।
अर्काको गला रेटुँला भनी अगाडी बढेको ।५।

मिलेमा आमा एकचोटी फेरी अबतार लिनु है ।
अबुझ बनी लडेका लाई उपदेश दिनु है । ।६।

आमाको मुटु नटुक्राउँ यहाँ भाग र बण्डामा ।
जुटेको राम्रो माहुरी बनी महको धन्दामा । ७ ।

लाग्दछ सराप आमाको फेरी आमालाई रुवाए ।
आमाको मन प्रफुल्ल हुने खाए र खुवाए । ८ ।

हरि शर्मा (सुबेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...