माया नभा यो नयन रुने थिएन होला । 'प्रेम' शब्दले मन मुटु छुने थिएन होला ।। मन जस्तै कन्चन तन पनि भइदिए, कसैले नि साबुनले धुने थिएन होला । आफैसँग एक्लै सन्तुष्ट हुने भए मान्छे, अरुलाई रिस देखाउने थिएन होला । यदि बिर्सन सजिलो हुने भए सायद, याद भन्ने शब्द…
नारायण कोइराला - उनी बिहान उठी फेसबुक खोलिन्। गीतको धेरै साैखिन भएकोले प्रायः युटुब हेर्ने भए पनि आज उनलाई फेसबुकले अति आकर्षण गरिरहेको थियो । फेसबुकमा जताततै एउटा समाचार घुमि रहेको थियो । किशोरीको बलत्कार,अती दुःखदायी समाचार । यस्तो समाचारले उनको मन दुख्ने नै भयो । त्यो दिन समाचारमा हार्दिक…
बहर: हजज मुसम्मन सालिम अर्कान: १२२२.१२२२-१२२२.१२२२ तिमी मात्रै यहाँ भेटेँ, सबै सित्तै दियाै आमा । सबै पीडा सहेरै हाे सहनशीला थियौ आमा ।। चुसायाै याे रसै रसकाे, घडा पूर्ण बुटी घाेटी म चिच्याई रूँदै आएँ, खुसी भर्दै लियाै आमा । कलेजाेकाे तिमी टुक्रा भनी बाला लिएकी हाै निशामा ज्याेति छर्दै…
म धर्म गर्दा उनले बुझेनन् म अर्थ लाएँ उनले सुनेनन् म कर्म गर्दा उनले सहेनन् विचार राम्रो उनले गरेनन् ।१।🌷🙏🌺 लडाइँ गर्ने सिपको विकास जवान मार्दा जनमा निराशा विनाश गर्ने गुटको छ पक्ष चुनाव जित्ने उनको छ लक्ष।२।🌷🙏🌺 खराब मान्छे सँगमा अवश्य सलाम ठोक्ने नगरी नमस्ते परेड खेल्ने चिनियाँ सिपाही…
दया माया ममताको ठुलो खानी थियौ तिमी । पापी बाट बलत्कृत हुने नानी थियौ तिमी ।। पढ्ने लेख्ने हाँस्ने खेल्ने बालापनको उमेरमा, अस्तित्व नै लुटिएकि तिनै रानी थियौ तिमी सफा मन मिलेको तन सबैसँग हाँस्दै बोल्ने, दुःख सुख पनि बुझ्ने कति ज्ञानी थियौ तिमी । साना ठुला धनी गरिब जो…
राजनितीमा पसेका सुगा सिकेर बोल्दैछ्न् अरौटे उनै भरौटे उनै नेताको साथ छन् चुनाव हुँदा जिताऊँ डाँका भनेर डुल्दछ्न् खोजेको खोज्यै मिलेन भाले अझै ती खोज्दैछ्न् ।१।💐🌷🌺🌼 साहित्यतिर कोइलीहरू सुगाको पछि छ्न् रटेर ज्ञानी भएका सुगा उनले रोज्दछ्न् उनैका मन्त्र घोकेर पढ्छन् थुतुनो ठड्याई गुटको मात्र गाएका गीत गुटकै भलाई ।२।💐🌷🌺🌼…
मानिसहरू बनेको देख्छौँ आकुलव्याकुल ढेडुवाहरू कुर्सीको लागि बनेका पागल कुरौटे ढेडु मानिसमाथि कुल्चेर नाच्दैछ हातको माछो उम्केर गयो सानले डाक्दैछ ।१।💐🌷🌺 आफू र आफ्नो गुटको लागि आरामबिराम आफूको लागि सफल पार्यो आहारविज्ञान आनन्ददायी आमोदी हुने कपोलकल्पना साउने भेल जनको आँसु आदानप्रदान ।२।💐🌷🌺 उच्चताबोध गर्दैछ ढेडु आहारविहार उत्तरदायी पटक्कै छैन आचारविचार…
भान्सामा चम्चा कोठामा चम्चा हातमा मुखमा। गरिमा ठूलो इज्जत ठूलो छिनको छिनमा । देशमा चम्चा बिदेश चम्चा चम्चाको महिमा। नेपाली हामी सारै नै नामी चम्चाको दौडमा ।१।🌷🙏🌺 कसैले घोल्छन सुखमा दारु औषधी दु:खमा। सुरुप्प सुप पुर्यायो खुब चम्चाले मुखमा। अस्तिको कुरा सुटुक्क माथि पुर्यायो चम्चाले। साथीको घाँटी परक्क पारी निमोठ्यो…
समय समयको बात अलग हुन्छ । हिजो र आजको रात अलग हुन्छ । सबै कुरामा नै आशभरोसा दिलाई आफन्तले दिएको घात अलग हुन्छ । भो अब पर्दैन लगाउन मलमपट्टी पीडामा पर्ने त्यो बर्षात अलग हुन्छ । समय परिस्थितिले कोल्टो फेरिदिँदा एकै घरको पनि भात अलग हुन्छ । धन सम्पतिमा सम्बन्ध…
मुक्तक १ बिगार्नमा तल्लीन भई जुटे बाँदरहरू । मिलीजुली किसानलाई लुटे बाँदरहरू । कुन्नि केमा लडाइँ भयो जानेनौँ खै हामी आखिरीमा शत्रु बनी फुटे बाँदरहरू । 🌷🙏🌺 मुक्तक २ कुकुरले आफ्नो जात जनाएरै छाड्छ । बाँदरले आफ्नो गुट बनाएरै छाड्छ । गधा, कुत्ता कसै गरी बन्ने छैन गाई पतेरोको जात…
![]()