Friday 26th April 2024

कविताः सन्देश -इन्द्र बान्तवा ’देवा’


लक्ष्यको शिखर पुग्नु छ
ज्योतीको प्रयोजन बुझ्नु छ
अग्रजको सन्देश सुन्नु छ
पुर्खाको अभिलाशा पुरा गर्नुछ ।।।।

दुष्टात्मा प्रेतात्मालाई बदल्नु छ
सदाचारले जगतलाई जित्नु छ
मानविय चेतनालाई जगाउनु छ
आदर्शवान सहृदयी बन्नु छ ।।।।

छुद्र मिमांसालाई धपाउनु छ
जिवनलाई सार्थक बनाउनु छ
यो धर्तिमातालाई सिंगार्नु छ
आमा बुबाको मुख हँसाउनु छ ।।।।

इन्द्र बान्तवा ‘देवा’
कटुन्जे भोजपुर
हालः कुवेत ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...