Monday 18th May 2026

कविता: नेपाली असल मनका – छन्द: शिखरिणी -हरि शर्मा (गलकोटे कवि)


रसै रुद्रैश्छिन्ना, यमनसभलाग: शिखरिणी ।

नमस्ते नेपाली असल मनका सर्जकहरू
नमस्ते गोर्खाली सरल हँसिला पाठकहरू
नमस्ते लेकाली कुसुम दिलका दर्शकहरू
नमस्ते पुण्यात्मा कलम गणका शिक्षकहरू ।१।🌷🙏🌺

नमस्ते शुध्दात्मा मधुर स्वरका गायकहरू
नमस्ते बेजोडा अभिनयमुखी नायकहरू
नमस्ते राजश्री सयल सुखका साधकहरू
नमस्ते गोर्खाली सपुत जगका चालकहरू ।२।🌷🙏🌺

नमस्ते गोघाती नरकपुरका शासकहरू
नमस्ते दुष्टात्मा प्रलयपुरका शोसकहरू
नमस्ते गोरिल्ला विकृतिपुरका घोषकहरू
नमस्ते राँके ती असुरपुरका कीचकहरू ।३।🌷🙏🌺

नमस्ते बेकम्मा असुर कपटी चातकहरू
नमस्ते मूढात्मा जुलुस प्रिय ती दानवहरू
नमस्ते मृतात्मा विदुर बधका वादलहरू
नमस्ते काला ती हर बखतका कर्तुतहरू ।४।🌷🙏🌺

नमस्ते खेताला हर समयका सज्जनहरू
नमस्ते गोठाला जगतभरका रक्षकहरू
नमस्ते प्यारा ती जनक जननी पालकहरू
नमस्ते पुर्ख्यौली अनुसरणका संस्कृतिहरू ।५।🌷🙏🌺

नमस्ते जोताहा कुशल सिपका मानवहरू
नमस्ते अत्यन्तै सरल असली बालकहरू
नमस्ते पाखाका सरस झरना गुञ्जनहरू
नमस्ते खोलाका अकट तटका चुम्बनहरू ।६।🌷🙏🌺

हरि शर्मा (सुवेदी)-गलकोटे कवि
मिशिगन अमेरिका💐🌷🌺🌼


सम्बन्धित शीर्षकहरु

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

ताईवान ले आफूलाई स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक शासन प्रणाली भएको राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ। ताइवानको आफ्नै संविधान, सेना,…

संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा…

प्रतिकृयाहरू
...