Wednesday 28th October 2026

भारतको केरलमा भीषण वर्षा: २० जनाको मृत्यु, हजारौं विस्थापित


भारतको केरल राज्यमा लगातार परेको भारी वर्षाका कारण बाढी, पहिरो र जलमग्नताको समस्या गम्भीर बन्दै गएको छ। पछिल्ला तीन दिनमा वर्षासम्बन्धी घटनामा २० जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता रहेका छन्।

सबैभन्दा बढी क्षति कोट्टायम र मलप्पुरम जिल्लामा भएको छ, जहाँ ४/४ जनाको मृत्यु भएको छ। तिरुवनन्तपुरम र कोल्लम मा ३/३ जनाको ज्यान गएको छ। इडुक्कीमा २ तथा पथानामथिट्टा, कोझिकोड र एर्नाकुलममा १/१ जनाको मृत्यु भएको छ।

बाढी र पहिरोका कारण हजारौं मानिस विस्थापित भएका छन्। हाल राज्यभरका ३५३ राहत शिविरमा १३,४९६ जना आश्रय लिएर बसिरहेका छन्।

भारतीय मौसम विभाग (IMD) ले १२ जिल्लामा अरेन्ज अलर्ट जारी गरेको छ भने थप वर्षा र तीव्र हावा चल्ने चेतावनी दिएको छ। जलाशयहरूमा पानीको स्तर बढ्दै गएपछि केरल विद्युत् बोर्ड (KSEB) ले ५ वटा जलाशयलाई रेड अलर्ट मा राखेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...