Wednesday 28th October 2026

भारतको आसाममा बाढीबाट ठूलो क्षति, ८७ जनाको मृत्यु


भारतको आसाम राज्यमा यस वर्षको बाढीबाट मृत्यु हुनेको संख्या ८७ पुगेको छ। बाढीको प्रभाव केही क्षेत्रमा कम भए पनि अझै ७ जिल्लाका १ लाख २८ हजारभन्दा बढी मानिस प्रभावित छन्।

बाढीको पानी ३८० गाउँमा फैलिएको छ भने करिब १४ हजार २३० हेक्टर कृषि भूमि डुबानमा परेको छ। सबैभन्दा बढी सिवसागर जिल्लामा ५५ हजारभन्दा बढी, चराइदेवमा ३४ हजार र जोरहाटमा २० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

प्रभावितका लागि ५५ राहत शिविर सञ्चालनमा छन्, जहाँ ११ हजारभन्दा बढी मानिसले आश्रय लिइरहेका छन्। बाढीका कारण ८७८ घरमा आंशिक तथा ३०२ घरमा गम्भीर क्षति पुगेको छ। साथै ३४ हजारभन्दा बढी पशुचौपाया प्रभावित भएका छन् भने ५४ हजारभन्दा बढी कुखुरा बगाएको जनाइएको छ।

https://www.thestar.com.my/aseanplus/aseanplus-news/2026/08/04/india039s-assam-flood-death-toll-climbs-to-87-over-128-lakh-people-affected-relief-camps-shelter-over-11000-victims#goog_rewarded


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...