Friday 11th September 2026

भारतको आसाममा बाढीबाट ठूलो क्षति, ८७ जनाको मृत्यु


भारतको आसाम राज्यमा यस वर्षको बाढीबाट मृत्यु हुनेको संख्या ८७ पुगेको छ। बाढीको प्रभाव केही क्षेत्रमा कम भए पनि अझै ७ जिल्लाका १ लाख २८ हजारभन्दा बढी मानिस प्रभावित छन्।

बाढीको पानी ३८० गाउँमा फैलिएको छ भने करिब १४ हजार २३० हेक्टर कृषि भूमि डुबानमा परेको छ। सबैभन्दा बढी सिवसागर जिल्लामा ५५ हजारभन्दा बढी, चराइदेवमा ३४ हजार र जोरहाटमा २० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

प्रभावितका लागि ५५ राहत शिविर सञ्चालनमा छन्, जहाँ ११ हजारभन्दा बढी मानिसले आश्रय लिइरहेका छन्। बाढीका कारण ८७८ घरमा आंशिक तथा ३०२ घरमा गम्भीर क्षति पुगेको छ। साथै ३४ हजारभन्दा बढी पशुचौपाया प्रभावित भएका छन् भने ५४ हजारभन्दा बढी कुखुरा बगाएको जनाइएको छ।

https://www.thestar.com.my/aseanplus/aseanplus-news/2026/08/04/india039s-assam-flood-death-toll-climbs-to-87-over-128-lakh-people-affected-relief-camps-shelter-over-11000-victims#goog_rewarded


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...