Tuesday 22nd September 2026

नेपाल पत्रकार महासंघ कुवेतको रक्तदान तथा माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको तयारी पुरा


नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसको अवसरमा आयोजना हुन गइरहेको तेस्रो रक्तदान कार्यक्रम तथा चौथो माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।

महासंघका अध्यक्ष राज मल्लले कार्यक्रमको सफल व्यवस्थापन तथा सफलताका लागि सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई शुक्रवार दिउँसो १२:४५ बजे जाब्रिया ब्लड बैंकमा उपस्थित हुन हार्दिक अनुरोध गरेका छन्।

कार्यक्रममा नेपालबाट आउनु हुने नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव रोशन पुरी तथा नेपाल पत्रकार महासंघ वैदेशिक शाखा (यूएई) का अध्यक्ष मेघराज सापकोटा विशेष अतिथिका रूपमा सहभागी हुने महासंघले जनाएको छ।

महासंघले रक्तदान जस्तो मानवीय कार्यमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने एक जना पत्रकारलाई माधव शाही स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने कार्यक्रमसमेत सोही दिन सम्पन्न गर्ने भएको छ। उक्त पुरस्कार प्रत्येक वर्ष स्थापना दिवसकै अवसरमा प्रदान गरिँदै आएको छ।

“रक्तदान जीवनदान” भन्ने मूल सन्देशका साथ आयोजना गरिएको कार्यक्रममा सहभागी भई रक्तदान गर्न कुवेतस्थित सम्पूर्ण नेपाली समुदायलाई महासंघले आग्रह गरेको छ। मानव जीवन बचाउन सहयोग पुग्ने यस पुण्य कार्यमा सक्रिय सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउन सबैमा महासंघले अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

प्रतिकृयाहरू
...