Wednesday 28th October 2026

केन्द्रीय नेताको उपस्थितिमा अगस्ट २१ मा प्रवासी नेपाली मञ्च कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन


कुवेतस्थित प्रवासी नेपाली मञ्च कुवेत ले आगामी अगस्ट २१, २०२६ मा आफ्नो पाँचौँ राष्ट्रिय अधिवेशन आयोजना गर्ने भएको छ। अधिवेशनमा मञ्चका केन्द्रीय नेताको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ।

मञ्चका सचिव शंकर पौडेलका अनुसार कुवेतमा रहेका एमालेप्रति आस्थावान सम्पूर्ण नेपाली श्रमिक, सदस्य तथा शुभेच्छुकहरूलाई अधिवेशनमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरिएको छ।

प्रवासी नेपाली मञ्च कुवेतको इतिहासमा संस्थापक अध्यक्षले तीन कार्यकाल नेतृत्व गरिसकेका छन् भने वर्तमान अध्यक्षले एक कार्यकाल पूरा गरेका छन्। यसपटकको अधिवेशनबाट नयाँ तथा युवा नेतृत्व चयन हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

आयोजक समितिले अधिवेशनलाई भव्य, सभ्य र सफल बनाउन सम्पूर्ण सदस्य, समर्थक तथा नेपाली समुदायलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

सर्बियामा दुई वर्षअघि भएको रेल स्टेशन दुर्घटनापछि सुरु भएको विद्यार्थी आन्दोलनले देशको राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ। नोभी साद शहरको…

जोर्डनले दक्षिणी सिरियामा गरेको हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस) समूहका २० भन्दा बढी लडाकु मारिएको दाबी गरेको छ। मंगलबार सार्वजनिक…

कुवेत/तेहरान, २७ अक्टोबर। इरानी संसद्का अध्यक्ष मोहम्मद बागेर गालिबाफले देशका सर्वोच्च नेता मुज्तबा खामेनेई पूर्ण रूपमा स्वस्थ रहेको बताएका छन्।…

प्रतिकृयाहरू
...