Monday 26th October 2026

कविताः सपना -प्रकाश पाण्डेय


तिमीलाई बुझाउन सकिन
वा मेरो योग्यता पुगेन !
सहयात्राको लागि सोच्दा सोच्दै
भविष्यको कल्पनामा रमाउँदा रमाउँदै
तिमीले त यात्रा नै शुरु गरिदिएछौ
फरक गन्तव्यको लागि

सम्झनाको पुल नै हो हाम्रो जिन्दगानी
सबै छाडी जाने केही छैन मरि जाने
मुठी खोली जानु पर्ने नाताहरु छाडी
दु:ख सुख सब रैछ एक बारको बाढी

ठुलो सपना छैन जिन्दगीमा
बस खान लाउन पुगोस
शिरमा बाबा आमाको हात होस
अनि साथमा मलाइ बुझ्ने उनी ।

प्रकाश पान्डेय
तानसेन पाल्पा
हालः दुबई


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...