Wednesday 30th September 2026

कविताः सपना -प्रकाश पाण्डेय


तिमीलाई बुझाउन सकिन
वा मेरो योग्यता पुगेन !
सहयात्राको लागि सोच्दा सोच्दै
भविष्यको कल्पनामा रमाउँदा रमाउँदै
तिमीले त यात्रा नै शुरु गरिदिएछौ
फरक गन्तव्यको लागि

सम्झनाको पुल नै हो हाम्रो जिन्दगानी
सबै छाडी जाने केही छैन मरि जाने
मुठी खोली जानु पर्ने नाताहरु छाडी
दु:ख सुख सब रैछ एक बारको बाढी

ठुलो सपना छैन जिन्दगीमा
बस खान लाउन पुगोस
शिरमा बाबा आमाको हात होस
अनि साथमा मलाइ बुझ्ने उनी ।

प्रकाश पान्डेय
तानसेन पाल्पा
हालः दुबई


सम्बन्धित शीर्षकहरु

रुसले युक्रेनको राजधानी कीभ र वरपरका क्षेत्रमा राति ड्रोन र मिसाइल आक्रमण गर्दा एक बालकसहित कम्तीमा ३ जनाको मृत्यु भएको…

अमेरिकी सेनाले इराकमा रहेका आफ्ना अन्तिम सैनिक अड्डाहरूबाट फिर्ता भएपछि त्यहाँ सुरक्षा शून्यता सिर्जना हुने चिन्ता बढेको छ। विश्लेषकहरूका अनुसार…

पेरुको एक नौसेना सञ्चालित विद्यालयमा १६ वर्षीय छात्रमाथि सहपाठीहरूले सामूहिक यौन दुर्व्यवहार गरेको आरोप लागेपछि देशभर आक्रोश फैलिएको छ। घटनाको…

प्रतिकृयाहरू
...