Saturday 20th April 2024

व्यंग्य कविताः आफन्त भ्यागुता – लोकप्रिय छ्न्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


भ्यागुता बढे गलकोटतिर भनेको सुनियो
साँचो वा झुटो बुझेन कवि कसरी बुझ्ने हो ?
भ्यागुता माछा अत्यन्तै धेरै भएको गलकोट
मान्छेको बानी भ्यागुता जस्तो बनेको देखिन्छ ।१।🌷🙏🌺

आफन्त जन भ्यागुता बन्दा अचम्म लाग्दछ
भ्यागुता यौटा गलकोट सारा खतम पार्दछ
बुझ्दछ कुरा पठाई दुत उसका अरौटे
जे भने पनि खुरुक्क मान्छ्न् उसका भरौटे ।२।🌷🙏🌺

सानेको खेदो खनेर हिँड्ने विकासी भ्यागुता
आफूको लागि चाकडी गरी डुल्दछ सर्वत्र
अत्यन्तै चिप्लो कुराको खानी पुराण वाचन
भेटेको बेला मुखले ठिक्क पार्दछ छिनमा ।३।🌷🙏🌺

स्वनाम धन्य बनेको हुँदा आफूको प्रचार
अगाडि साने बढेको देखे समाती पछार
सिध्दान्त यस्तो बोकेको हुँंदा गुटमा बोलायो
अरुले मान सानेको गरे निकाली धपायो ।४।🌷🙏🌺

छ्ल र बल साथमा बोक्छ विकासे भ्यागुता
चौतर्फी आफू भएको भनी खोकेर हिँड्दछ
गुरिल्ला साथी बनायो भन्ने सुन्दैछ सानेले
सानेको पछि परेको किन बुझेन सानेले ।५।🌷🙏🌺

सोचाइ राम्रो राखेर हिँड जनले बोल्दछ
जति नै राम्रो सोचाइ राखौँ सर्पले टोक्दछ
भ्यागुते रोग आफन्तलाई कसरी लाग्यो खै
रामले जाने जान्दैन साने बुझ्दैन पटक्कै ।६।🌷🙏🌺

हरि शर्मा (सुवेदी)-गलकोटे कवि
मिशिगन अमेरिका💐🌷🌺🌼


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...