Wednesday 5th August 2026

दुतावासका सचिवद्वय गौतम र बिँडारीलाई FNJ कुवेतले गर्‍यो बिदाई


तितोपाटी -नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक कार्यक्रमको आयोजना गरि नेपाली राजदूतावास कुवेतका प्रथम सचिवद्वय प्रेम राज गौतम र सुजन बिँडारीलाई बिदाई गरेको छ। नेपाली दुतावास कुवेतमा प्रथम सचिवको रुपमा कार्यरत प्रेम राज गौतम करिब अढाई वर्षदेखि कुवेतमा नेपाली श्रमिक र समुदायको सेवामा सक्रिय रहँदै आएका थिए भने अर्का सचिव सुजन बिँडारी करिब डेढ वर्षदेखि कुवेतमा कार्यरत थिए। हालै दुवै सचिव द्वितीय श्रेणी उपसचिवमा बढुवा भई नेपाल फर्किन लागेका हुन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्लले दोसल्ला र सम्मानपत्र प्रदान गर्दै सचिवद्वयको योगदानको प्रशंसा गरे। कुवेतमा रहँदा श्रमिक हितमा गरिएको क्रियाशील कार्यको उच्च प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको कामना गरेका थिए । सो अवसरमा निरेम प्रोडक्सन प्रालिद्वारा पनि सचिवद्वयलाई विशेष सम्मानपत्र सहित बिदाई गरिएको थियो। कुवेतमा कार्यरत रहँदा दुवै सचिवले सूचनाको सम्प्रेषण, श्रमिक समस्या समाधान तथा दूतावास सेवाको प्रभावकारितामा उल्लेखनीय भूमिका खेलेको भन्दै निरेम टिमले कदर व्यक्त गरेको छ ।कार्यक्रममा उपस्थित सञ्चारकर्मी, समाजसेवी तथा नेपाली समुदायका प्रतिनिधिहरूले पनि सचिवद्वयको योगदानको प्रशंसा गर्दै बिदाई कार्यक्रम गरेको थियो।


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

प्रतिकृयाहरू
...