Thursday 29th October 2026

कुवेतमा ३१ औं विश्व आदिवासी दिवस तथा पाँचौँ अधिवेशन २०२५ हुदै


कुवेत, अगस्ट १५ – विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ। “संस्कृति र परम्परामा गर्व गरौं, आदिवासी समुदायको संरक्षण गरौं” भन्ने नारासहित आयोजना हुने कार्यक्रम २०२५ अगस्ट १५ (शुक्रबार) का दिन राजधानी प्यालेस होटल, खैतान मा दिनको १ बजेबाट सुरु हुनेछ। कार्यक्रममा आदिवासी समुदायको भाषा, भेषभूषा, कला र पहिचान झल्काउने सांस्कृतिक प्रस्तुति, विविध गतिविधिहरू, तथा अधिवेशन सत्र सञ्चालन गरिनेछ भने सोही अवसरमा नयाँ नेतृत्व चयन गर्दै महासंघको आगामी कार्यकालको दिशानिर्देशन तय गरिनेछ। आयोजकले उक्त दिन अन्य संघसंस्थाहरूलाई कार्यक्रम नजुधाइ दिन अपिल गर्दै सबैमा सक्रिय सहभागिताको आह्वान गरेको छ।


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...