Wednesday 3rd June 2026

महिला फुटबल कप्तान विवादमा एन्फाको पत्रकार सम्मेलन


तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले आज एक पत्रकार सम्मेलन गर्दै प्रशिक्षकाका कारण एसिया क्वालिफायर्समा भएको कप्तानीबारे भद्रगोल भएको बताएको छ । प्याट्रिकले हालै एक अन्तरवार्तामा एन्फाप्रति तीव्र असन्तुष्टि पोखेका थिए । एन्फाले खेलाडीलाई न्यूनतम सुविधा र पूर्वाधारसमेत नदिएको आरोप लगाउँदै आफू टिमबाट अलग हुने संकेत गर्दै प्याट्रिकले हालै एक अन्तरवार्तामा एन्फाप्रति तीव्र असन्तुष्टि पोखेका थिए । फल स्वरूप एन्फाले आज पत्रकार सम्मेलन गरेको हो । एन्फाको तर्फबाट उज्वेकिस्तान गएको टोलीकी हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ जानकारी गराउदै प्रमुख प्रशिक्षकले अन्तिम क्षणसम्म पनि कप्तानीबारे निर्णय नसुनाउँदा अन्योल भएको बताएकी छिन ।

पत्रकार सम्मेलनमा महिला टिमकी हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ दिएको सम्क्षित जानकारी यस्तो छ । ‘हामीले टिमको विदाइ कार्यक्रममै क्याप्टेन घोषणा गरौं भनेका थियौं । हेड कोचले अहिले नगर्ने, अन द स्पोट गर्ने भन्नुभयो । हामी ओके भयौं । कुनै नाइनास्ती गरेनौं । उहाँले ९० मिनेटभन्दा अगाडि दिन सक्दिनँ भन्नुभयो । नत्र तिमीहरुले फ्ल्यास गर्छ भन्ने उहाँको कुरा थियो । यता एएफसीबाट म्याच कमिसनरले नेमलिस्ट चाहियो भनिरहेका थिए टाइम पनि मेन्सन गरेर । ९० मिनेटभन्दा ५ मिनेट अगाडि बल्ल हेडकोचले नेमलिस्ट दिनुभयो । उक्त नेमलिष्टमा क्याप्टेनको नाम मेन्सन थिएन इन्ट्री हुने टाइममा म्याच कमिसनर ल्यापटप लिएर कुरेर बस्नुभएको थियो । हेडकोचले कुनै जानकारी नदिए पछी सबैभन्दा सिनियर रेनुका नगरकोटीको नाम हामीले कप्तान भनेर मेन्सन गर्यौं । त्यसपछि बल्ल पास भयो । कप्तानलाई आम ब्यान्ड लगाउने बेला भयो । ‘प्रे’ गर्ने बेलामा मात्र बिन्दा म्यामले रेनुकालाई आर्मब्यान्ड लगाउन बोलाउनुभयो । तर कोचले उ होइन साम्बा हो कप्तान भन्नुभयो । यही कुरा पहिले नै भनेको भए प्रोब्लम नै हुन्थेन । तर त्यतिबेला हामीले कप्तानमा रेनुकाको नाम लेखाइसकेका थियांै । अर्कोलाई आर्मब्यान्ड लगाइदिँदा फाइन खानुपर्ला भन्ने भयो । यही विषयमा हेड कोचसँग विवाद भएको हो ।


सम्बन्धित शीर्षकहरु

काठमाडौंको चक्रपथ विस्तार परियोजनाले नयाँ गति लिने भएको छ। चीन सरकारले चक्रपथ निर्माण तथा विस्तारको दोस्रो चरणका लागि नेपाललाई करिब…

भारतीय सञ्चारमाध्यम Aaj Tak ले हालै नेपालको सीमा विवादसम्बन्धी विषयलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई मुख्य समाचार…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानलाई “पूर्ण र बिना सर्त आत्मसमर्पण” गर्न चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले आफ्नो…

प्रतिकृयाहरू
...