आमा भनेर रुन मन् लागि रहेछ,मन जलि जलि
उर्लेको खोला सँगै आफैलाई तुलना गरि
निरन्तर बगाऊ जस्तो भएको यो शरीर
देशसँग नाता जोडेर केही बोल्ने विचार छ मस्तिष्क भरी।
खै के बोलौ आफैभित्र निसास्सिएको छ
देश जनताको लागि अदालत छ
राजकाज भत्काउने अनि चलाउनेलाई
फेरिफेरि घुमेर पालो आउँदै छ।
यमराजसँग लडेर भएपनि पुन:कालबाट फर्किएको छ
जनताको जनमत एकपल्ट फेरि बाँचेको छ।
झोला र झोलेहरु सल्बलाउँदै छन्,
फेरि आर्थिक चल खेलको भूमरी घुमाउने छन।
राता रात होटल अनि वरिपरिका इष्टमित्र गुहार्ने छन
आफैले आफ्नो नैतिकता बेची सकेकाहरु
एकपल्ट पुन:कुर्चीको कीचलोमा आफैलाई लडाउने छन।
हामी परदेशमा हात मिचीमिची उनका कुरा गर्ने छौ।
ए साथी! हामी किन आपसमा लड्छौ ?
लड्ने, लडाउने जिम्मा उनलाई छोडिदेऊ न
केही हुँदैन जति लडेपनि, हामी जहाँको तहीँ
हामीलाई पातलो मोही दिएर खाने, उनीहरू घिउ कुराउनी।
तानसेन पाल्पा
हाल, युएई।