Saturday 10th October 2026

कविताः परदेशी चश्माको हेराइ -नारायण कोइराला


आमा भनेर रुन मन् लागि रहेछ,मन जलि जलि
उर्लेको खोला सँगै आफैलाई तुलना गरि
निरन्तर बगाऊ जस्तो भएको यो शरीर
देशसँग नाता जोडेर केही बोल्ने विचार छ मस्तिष्क भरी।

खै के बोलौ आफैभित्र निसास्सिएको छ
देश जनताको लागि अदालत छ
राजकाज भत्काउने अनि चलाउनेलाई
फेरिफेरि घुमेर पालो आउँदै छ।

यमराजसँग लडेर भएपनि पुन:कालबाट फर्किएको छ
जनताको जनमत एकपल्ट फेरि बाँचेको छ।
झोला र झोलेहरु सल्बलाउँदै छन्,
फेरि आर्थिक चल खेलको भूमरी घुमाउने छन।

राता रात होटल अनि वरिपरिका इष्टमित्र गुहार्ने छन
आफैले आफ्नो नैतिकता बेची सकेकाहरु
एकपल्ट पुन:कुर्चीको कीचलोमा आफैलाई लडाउने छन।

हामी परदेशमा हात मिचीमिची उनका कुरा गर्ने छौ।
ए साथी! हामी किन आपसमा लड्छौ ?
लड्ने, लडाउने जिम्मा उनलाई छोडिदेऊ न
केही हुँदैन जति लडेपनि, हामी जहाँको तहीँ
हामीलाई पातलो मोही दिएर खाने, उनीहरू घिउ कुराउनी।

तानसेन पाल्पा
हाल, युएई।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...